मै ठूली भैछुरे पछि नमसेवल रेश्मा

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७२, शुक्रबार

काठमाडौं । गायिका रेश्मा सुनुवार ‘किराँत’ले आफ्नो पछिल्लो एल्बम नमसेवल सार्वजनिक गरेकी छिन् । नेपाल संगीत नाट्य प्रज्ञा परिषद्का सदस्य सचिव गणेश रसिकको प्रमुख आतिथ्यतामा रेश्माले नेमसेवलको लोकर्पण गरेकी हुन् । पत्रकार अशोकप्यासी राई, निर्देशक अनुप बराल, नायिका दिया मास्केको हातबाट रेश्माले नेमसेवलको लोकार्पण गरेकी हुन् ।
भाइब्स क्रियशनले बजार प्रबद्र्धन गरेको नेमसेवल किराँत भाषाको शब्द हो । आफ्नो भाषालाई सदैव बचाउनुपर्छ भन्ने उद्देश्यले रेश्माले नेमसेवल नाम राखेकी हुन् । नेपाली भाषामा यसलाई नमस्ते भनिन्छ । गायिका सुनुवारले मै ठूली भै छुरे जस्तै यो एल्बमका गीतहरु पनि सफल हुने आशा लिएकी छिन् ।
कार्यक्रममा भाइब्स क्रियशनका पर्शुराम रिजालले स्वागत मन्तव्य दिँदै आफूले रेश्मा सुनुवारको गीतिएल्बम नेमसेवललाई राम्रो बजार व्यवस्थापन गर्ने अठोट व्यक्त गरे । पछिल्लो समय सीडी बिक्री नभएको अवस्थामा पनि आफूले यो च्यालेन्ज लिएको बताएका थिए ।
त्यस्तै पत्रकार अशोकप्यासी राईले कुनै पनि सिर्जनाको समीक्षा गर्ने अधिकार कसैलाई पनि नभएको भन्दै विल्कुलै मनको भावनालाई गीत बनाइएको हुन्छ त्यसैले समीक्षा गर्नु उचित नभएको बताउँदै एल्बमको सफलताको शुभकामना दिए । त्यस्तै अनुप बरालले पहिलोचोटी आफूले म्यूजिक भिडियोको निर्देशन गरेको हुँदा त्यसको मूल्यांकन दर्शकहरुले गरिदिन आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि गणेश रसिकले आफूहरु गीतसंगीतमा लाग्दा रहरै रहरमा लागेको भए पनि अहिले प्रविधिको विकासले नसिकीकन गीतसंगीतमा भित्रन गाह्रो भएको बताए । गायिका रेश्माको स्वरको प्रशंसा गर्दै रसिकले एल्बमको सफलताको शुभकामना दिए । सबैले किनिदिन आग्रह समेत गरे । कार्यक्रममा तिमीलाई हेर्ने बोलको गीतको म्यूजिक भिडियोसमेत देखाइएको थियो ।

एल्बममा तिमीलाई हेर्ने, कोही भन्छ माया, भन्छन् सबैले, नाम्चेमा डुल्ने, एउटा फूल, बादल बाट, मखमली माथ जस्ता गीत समावेश गरिएका छन् । जसमा कल्याण सिंह, भरत लामा, रोज मोक्तान, शिव मुखिया, बिजु बज्र र गायिका रेश्माको संगीत रहेको छ भने सुशिल सापकोटा, भुपेन्द्र खड्का, रोज मोक्तान, शिव मुखिया एवं गायिका रेश्माकै शब्द रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु