मोडलको अर्को पाइला

म्यूजिक खबर
प्रकाशित: १९ श्रावण २०७२, मंगलवार

काठमाडौं । मोडलका रुपमा आफूलाई चिनाएका मनि चाम्लीङ राईले अर्को पाईला एल्बम लिएर आएका छन् । लोक तथा आधुनिक गीतहरुको भिडियो संग्रहित अर्को पाईला को सबै ५ वटा सांगीतिक भीडीयोहरुमा मनी आफैले अभिनय गरेका छन् भने उनलाई प्रियंका कार्की, अनुराई, निशा पोमु, अनु गुरुङ, दीव्या चेम्जोङ जस्ता कलाकारले साथ दीएका छन् ।

arko paila shantipriya
भिडियोसहित को यो सांगीतिक कोशेलीमा शिला विके, पार्वती राई, राजेश पायल राई, अमर चाम्लिङ राई, नविन के. भट्टराई, समीर सिङ्गक लिम्बुको स्वर रहेको छ । एल्बममा भुपेन्द्र खड्का, पेशल राई, खेमराज गुरुङ, तृप्ती चाम्लिङ राई, गोपाल दाहाल, भक्त सुनुवारको शब्द रहेको छ भने शिव संगम राई, विनोद खुम्बु, खेमराज गुरुङ, महेश खड्का, राजु श्रेष्ठ र भक्त सुनुवारको संगीत रहेको छ ।
गायक रेवत राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, प्राज्ञ एवं वरिष्ठ संगीतकार शान्तिराम राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, वरिष्ठ गायिका पार्वती राई लगायतले उक्त एल्बमको विमोचन गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु