मोडलिङतिर होमिँदै संगीतकार राई

म्यूजिक खबर
प्रकाशित: २८ फाल्गुन २०७३, शनिबार

फागुन २८, मलेसिया । नेपाली गीतसंगीतको क्षेत्रमा प्रवासमा रहेर पनि निकै सक्रिय छन् गायक तथा संगीतकार मनिपाल राई । अब उनी गायन र संगीतकार जति व्यस्त बनेका थिए सँगसँगै मोडलिङतिर पनि होमिएका छन् ।

manipal rai
देश बाहिर बसेर पनि साङ्गीतिक दुनियाँमा अत्याधिक सफलता बटुलिरहेका राईले यतिबेला एउटा म्युजिक भिडियोमा अभिनय गरेका छन् । गीतकार सुमन राईको संगीत र श्री राईको शब्द र स्वर रहेको “तिम्रो साथ पाएपछि’ बोलको गीतमा संगीतकार राईले अभिनय गरेका हुन् । मनिपालसँगै म्युजिक भिडियोमा मोडेल माया राई पनि देख्न सकिनेछ । उक्त गीतको म्युजिक भिडियोमा फुर्वा दोर्जे मोक्तान क्यामरामेनको रुपमा रहेका छन् भने सुन्दर लावातीले निर्देशन गरेका छन् । मलेसियाको विभिन्न सुन्दर तथा रमणीय स्थानहरूमा छायाँकन गरिएको उक्त म्युजिक भिडियो अब चाँडै बजारमा आउने गीतकार, संगीतकार, गायक तथा सो गीतका मोडेल राईले जानकारी दिए ।

manipal_rai1
त्यसो त यो भन्दा अगाडी पनि अभिनय गर्ने अवसर नमिलेको होईन मनिपाल राईलाई तर आफुलाई अभिनयमा खासै रुची नभएको र यस तर्फ ध्यानै नदिएको उनी बताउँछन् । तर पछिल्लो समयमा आफ्ना धेरै साथीभाइ तथा फ्यानहरुले समेत अभिनय गर्ने हौसला दिइरहेको हुँदा अभिनयतर्फ लागेको उनले बताए । उनको आफ्नै शब्द, सङ्गीत र स्वरमा थुप्रै गीत तथा केहि म्युजिक भिडियो पनि बजारमा आइसकेको छ । उनकै स्वर, शब्द र संगीतमा रहेको एउटा देश भक्तिपूर्ण म्युजिक भिडियो “हामी नेपाली,वीर गोर्खाली’ निकै चर्चित बन्यो । त्यस्तै केहि समय अगाडी मात्र सार्वजनिक गरिएको उनको आफ्नै संगीत तथा स्वरमा रहेको “स्वार्थी बनी “बोलको म्युजिक भिडियो अहिले युट्युवमा हेर्न सकिन्छ । पछिल्लो समयमा मलेसियामा रहेर संगीत सिर्जना गर्नेमा पहिलो नम्बरमा नै मनिपाल पर्ने गर्छन् । धेरै कुरामा पोख्त, बहुप्रतिभाको धनी, कामप्रति निकै लगाब भएको, मेहेनती र ईमान्दार राई सबैसँग उत्तिकै मिलनसार पनि छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु