मोडलिङमा व्यस्त हुँदै अलिसा

म्यूजिक खबर
प्रकाशित: १२ कार्तिक २०७२, बिहीबार

परदेशी जीवन भनेको फुर्सदको समय पाउन गाह्रो पर्छ । दिनभरको ड्यूटीपछि बल्लतल्ल केही समय छुट्याउने गरेकी मोडल अलिसा सिंलाई भने कलाकारिताको मोहले छाडेको छैन । दिनदिनै उनी आफ्नो अभिनयलाई देखाउन भ्याइनभ्याइ भएकी छिन् । व्यस्त समयबाट अलिकति फुर्सद हुने वित्तिकै कोरियामा उनको म्यूजिक भिडियोमा मोडलिङ गर्ने काम सुरु भइहाल्छ । उनको मोडलिङलाई पछ्याउनेहरु धेरै छन् ।
कोरियामा रहेर समाजसेवा, सामाजिक संघसंस्थामा आबद्ध, राजनीति र महिला हक अधिकारमा समेत सक्रिय रहेकी अलिसा कलाकारितालाई निरन्तर अगाडि बढाउने सोचमा छिन् । ६ वर्षअघि स्वरुपा रसाइलीको स्वरमा सजिएको आधुनिक गीतमा मोडलिङ गरेपछि कलाकारितामा होमिएकी अलिसाले अन्जु पन्त, राजेश पायल राई, रिमा गुरुङ, रामकृष्ण ढकाल, आनन्द कार्की, प्रमोद खरेल, रजिना रिमाल लगायतका गायक गायिकाको स्वरमा सजिएका गीतमा मोडिलिङ गरिसकेकी छिन् । दक्षिण कोरियामा निर्माण हुने गाडी होन्डाइ बिग एडभरटाइजमासमेत उनको मोडलिङ देख्न पाइन्छ ।

alisa

स्याङ्जा घर भएर हाल दक्षिण कोरियामा कार्यरत रहेकी एलिसा भन्छिन्– ‘म विदेशमा भएर पनि आफ्नो देशको गीतसंगीत र चलचित्र क्षेत्रलाई छाड्न सक्दिनँ, जति सक्छु त्यति योगदान दिन्छु ।’ रंगीन दुनियाँमा लाग्न आफैंमा कठिन छ, त्यसमा पनि विदेशमा रहेर समय मिलाएर अभिनय गर्नु चानचुने कुरा होइन । अभिनयका धेरै आरोह अवरोह पार गरिसकेकी अलिसा भन्छिन– जहाँ इच्छा त्यहाँ उपाय भनेझैं मैले पनि कलाकारितालाई आत्मसात गरिरहेकी छु ।

alisa_sing-korea

अवसर मिलेसम्म कोरियन गीतमा पनि अभिनय गर्ने उनको लक्ष्य छ । अनुहार हेर्दा नै कोरियन फ्लेबर आउने अलिसाले कोरियामा आइतबार र शनिबार प्राय गरेर एक्सन कटमै बिताउने गर्छिन् । सामाजिक सेवा, राजनीतिमा समेत तल्लिन भएर कोरियामा लागिरहेकी अलिसाले एनआरएन कोरियाको उपाध्यक्ष पदको जिम्मेवारी समेत सम्हालिसकेकी छिन् । अलिसाले अभिनय गरेका केही भिडियोहरु सार्वजनिक भइसकेको छ भने एक दर्जन भिडियो रिलिज हुने तयारीमा छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु