मोडल आइकन नेपाल-२०१६

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७३, शुक्रबार

स्टार वान इन्टरटेनमेन्टले राजधानीमा आयोजना गरेको ‘मोडल आइकन नेपाल -२०१६’  प्रतियोगितामा सुमित शर्मा र आशिका बरुवाल विजेता घोषित भएका छन् । बुधबार राती जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मोडल आइकन नेपाल -२०१६’  मा सुमित मिस्टर क्याटवक र मिस्टर ह्याण्डसमका साथमा विजेता भएका हुन् भने आशिका भिवर्स च्वाईस र वेष्ट स्माइलका साथ विजेता चुनिएकी हन् । प्रतियोगितामा समिर श्रेष्ठ फस्ट रनर्सअपका साथ वेस्ट स्कीन तथा अम्बिका जोशी राना फस्ट रनर्सअपका साथ मिस ट्यालेण्ट, निकेश दर्लामी सेकेण्ड रनर्सअपका साथ सोसियली रेष्पोन्सिबल तथा सेलेना रोक्का सेकेण्ड रनर्सअपका साथ वेस्ट आर्टवर्क र वेस्ट पर्सानिलीटी, अशिष श्रेष्ठ थर्ड रनर्सअपका साथै मस्ट क्रियटीभ र वेस्ट स्पीच तथा लुना पौडेल थर्ड रनर्सअपका साथ फेशन आइकन, सागर लामा फोर्थ रनर्सअपका साथ वेस्ट पर्सनालिटी तथा कविता लामा फोर्थ रनर्सअपका साथ वेस्ट स्कीन भए । युवा र युवतीबिचको संयुक्त प्रतियोगितामा नवराज देउवा मस्ट पपुलरका साथमा वेस्ट सिंगर भए भने सदीक्षा रायमाझी मस्ट पपुलरका साथमा वेस्ट हेयर र वेस्ट सिंगर उप उपाधिको विजेता बनिन् ।

IMG_8509

‘मोडल आइकन नेपाल’ अन्तर्गत युवातर्फको स्पर्धामा धनकुमार लामा वेस्ट हेयर, रविन परियार मिस्टर फोटोजेनिक र वेस्ट डान्स अवार्ड, अनुप श्रेष्ठ वेस्ट स्माइल, रामबहादुर घर्ति मगर वेस्ट फिजीक, अमन खड्का वेस्ट डिसीप्लेन र युथ विथ रेस्पोन्सिबिलीटी, विक्रान्त पौडेल मस्ट फ्रेण्डली, अर्जुन श्रेष्ठ मस्ट चार्मिङ, नविन महर्जन वेस्ट फिटनेस, भुपाल बस्नेत मिस्टर ट्यालेण्ट र भिवर्स च्वाईस अवार्ड, राज पर्तेल फेशन आइकन, श्याम थापा मस्ट एक्टिभ, अनिश सुनार मस्ट डिजर्भिङ र वेस्ट आर्टवर्क, अमोल खड्का मस्ट इन्टिलेक्चुअल र आकाश जोशी वेस्ट एक्टिङ अवार्डको विजेता भए ।

IMG_8512

दिवस धितालको कोरियोग्राफी, राजिव समर र किशोर खड्काको डान्स कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको युवातर्फको स्पर्धामा सजना कार्की व्युटी विथ पर्पस, निशा चौधरी सोसियल्ली रेस्पोन्सिबल, सुजिना सुब्बा मिस क्याटवक, समिक्षा कडेल मस्ट फोटोजेनिक, नगेमा तामाङ वेस्ट डिसीप्लेन, सदीक्षा केसी वेस्ट फिजीक, इनीषा प्रधान वेस्ट फिटनेस, रुजा श्रेष्ठ मस्ट फ्रेण्डली, अष्मिता लामा मस्ट चार्मिङ, गीता विस्ट मिस कन्जिनियालीटी र वेस्ट एक्टिङ अवार्ड, सिर्जना राई मस्ट एक्टिभ, आकृति राना मस्ट इन्टिलेक्चुअल, साँग्माले लामा मस्ट पर्फेक्ट, बन्दिला केसी मस्ट क्रियटीभ र विनीता साउद युथ विथ रेस्पोन्सबिलीटी उप उपाधिको विजेता भएका छन् । प्रतियोगितामा नायिका नन्दिता केसी, अभिनेता गजित विष्ट र विष्णु रिजाल, चलचित्र निर्माता तथा वितरक प्रदिपकुमार उदय, सञ्चारकर्मी तथा फिल्म लेखक सरोज प्याकुरेल र सञ्चार व्यवसायी सुमित जबरा निर्णायक रहेका थिए ।

 

IMG_7853IMG_7967

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु