मोडल रश्मी अब गायिका पनि …

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

फागुन १६, काठमाण्डौ । रश्मी तामाङ नेपाली म्यूजिक भिडियोमा स्थापित लोकप्रिय नाम हो । म्यूजिक भिडियोमा कुशल नृत्य तथा अभिनय मार्फत चिनिएकी रश्मीलाई म्यूजिक भिडियोकी क्वीन नै मानिन्छ । नेपाली म्यूजिक भिडियोमा केहि वर्ष यता एकछत्र राज त गर्दै आएकी रश्मीले यतिबेला आफ्नो परिचयलाई अर्को आयामबाट चिनाउँदै छिन् । ‘दारु पार्टी’ बोलको गीतमा रश्मीले आवाज दिएर आफूलाई गायिकाको पंक्तिमा उभ्याएकी छिन् ।

hot-model-Rashmi-tamang

आइतबार मारुनी डिजिटल रेकर्डिङ स्टूडियोमा रश्मीले आफ्नै एल्बमका लागि गीत गाएकी हुन् । उनलाई गायक रोशन सिंहले साथ दिएका छन् । उक्त गीतमा शब्द तथा संगीत पनि रोशन सिंहको नै रहेको छ । गीत रेकडिंङपछि म्यूजिकखबरसँग बोल्दै मोडल रश्मीले भनिन् –‘शब्द समय सान्दर्भिक लाग्यो । गित गाउने रहर पनि थियो । मन परेर गाएँ । जसरी मेरो अभिनय र नृत्यलाई माया गरिदिनुभयो त्यसरी नै कलाको यो पाटोलाई पनि माया गरिदिनुहुनेछ भन्नेमा आशावादी छु । गीत गाउन खुशी छु ।’Rashmi-Tamang

मोडलको रुपमा चर्चित रश्मी ‘दारु पार्टी’ बोलको गीतबाट गायिकाको रुपमा पनि उत्तिकै चर्चित र सफल बनुन्, गायनको यात्रा पनि लामो रहोस् म्यूजिक खबरका तर्फबाट हार्दिक शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु