‘मोडल हन्ट नेपाल’ को अडिसन सुरु

म्यूजिक खबर
प्रकाशित: १ असार २०७३, बुधबार

नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको ‘मोडल हन्ट नेपाल’को पहिलो अडिसनमा युवायुवतीको उत्साहजनक सहभागी देखिएको छ । उक्त आयोजित यस सौदर्य प्रतियोगिताको पहिलो अडिसनमा डेढ सयबढीले अडिसन दिए । कोरियोग्राफर रोजिन शाक्य, सन्ध्या केसी, मोडल हन्ट नेपाल–२०१५ बिजेता अनिता नेपाली, समीर कुँवर राना, मोडल दीपक घिमिरे र फेसन डिजाइनर बिश्व गौतम अडिसनको निर्णायक थिए ।

DSC_0746

अर्काे अडिसन ११ असारमा हुँदैछ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका देशमा चर्चित यो सौन्दर्य प्रतियोगिता गतबर्षबाट नेपालमा सुरु भएको हो । राजधानीसहित पोखरा, नारायघाट, बुटवल, धरान र बिर्तामोडलगायतका स्थानमा अडिसन सकेपछि मात्र प्रतियोगिताको फाइनल स्पर्धा सार्वजनिक गरिने आयोजकले जनाएको छ । १६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवा–युवतीको सहभागिता रहने प्रतियोगिताको प्रारम्भिक छनोटबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि एकमहिने प्रशिक्षण दिइने जनाइएको छ ।

DSC_0753

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु