मोनिका नरसिम्हा मार्फत देखिइन्

म्यूजिक खबर
प्रकाशित: ६ फाल्गुन २०७२, बिहीबार

काठमाण्डौ, ६ फागुन । मोनिका बस्नेत निर्माण क्षेत्रमा देखिएकी छन् । उनी चलचित्र ‘नरसिम्हा’ मार्फत निर्मात्रीका रुपमा देखिन लागेकी हुन् । कानुन व्यवसायिक समेत रहेकी मोनिका निर्मित चलचित्र ‘नरसिम्हा’ मंगलबारबाट फ्लोरमा जाँदैछ । यसअघि मोनिका समाजसेवीका रुपमा चिनिन्थिन् । निर्माणमा हात हालेसँगै आफ्नो परिचय थप्न लागेकी मोनिकाले ‘नरसिम्हा’ समाज सुहाउँदो विषयवस्तुमा आधारित चलचित्र भएको बताइन् । एस।टु क्रियशनको ब्यानरमा नरेन्द्र केसीको प्रस्तुतीमा निर्माण हुन लागेको ‘नरसिम्हा’ को छायांकन पोखराबाट सुरु हुँदैछ । मोनिका चलचित्र क्षेत्रमा नौलो भएपनि नरेन्द्र भने दुई दशकयता यसै क्षेत्रमा सक्रिय छन् । फाइटरका रुपमा क्रियाशील नरेन्द्र यसै चलचित्रबाट पहिलोपटक प्रस्तुतकर्ता बनेका हुन् । गजेन्द्र रञ्जितले निर्देशन गर्ने यस चलचित्रमा किशोर खतिवडा, सञ्जु खतिवडा, दुर्गेश थापा, नरेन्द्र केसी, नम्रता योगी, धुव्र कोइरालाका साथै निर्माता तथा नायक सुनिल श्रेष्ठको पनि अभिनय रहने निर्माणपक्षले जनाएको छ । निर्मात्री मोनिका बस्नेत आफुले चलचित्र निर्माणलाई निरन्तरता दिने र आफुले निर्माण गरेको चलचित्र चलेपछि आउने फाईदाबाट केही रकम गरीब, दुखीहरुको उद्दारका निमित्त खर्चिन बताउँछिन् ।monika basnet

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु