मोरीले भेट्छु भनी हिजो पनि…

म्यूजिक खबर
प्रकाशित: २१ कार्तिक २०७२, शनिबार

काठमाडौं । धन देखेपछि शिवजीको पनि तीननेत्र भन्थे हो रैछ, माया भन्ने कुरा भन्दा नि यतिबेला धन ठूलो रैछ । मायामा फसेका धेरै मोरीहरु छन् तर आज पनि भेट्छु भन्छन् भोलि पनि भेट्छु भन्छन् पैसा पाए भने । पैसामै सबै मख्ख पर्छन् धेरै पैसा जसले दिन्छ उही मेरो प्यारो भन्दै चुम्मा खाँदै हिंड्छन् । सधैं पैसाको कुरा गर्ने गायक दिनेश गौतमलाई पनि यतिखेर भने मोरीले भेट्छु भनेर धोका दिइ रे । अहिले धोकामा परेका गायक गौतम चिन्तामा जलिरहेका छन् ।
‘पैसा कसले बनायो’ बोलको गीतबाट चर्चामा आएका गायक दिनेश गौतमले आफ्नो नयाँ एल्बम ‘धन’को एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आफ्ना हरेक गीतमा ‘पैसा’ शब्द जोड्दै आएका गायक गौतमले ‘धन’ एल्बमको ‘मोरीले भेट्छु भनि’ बोलको गीतको भिडियो यु–ट्युबमार्पmत सार्वजनिक गरेका हुन् । गीत सार्वजनिकपछि पत्रकार सम्मेलनमा गायक गौतमले भने, ‘यसपटक अलि फरक किसिमको गीत गाएको छु ।’ उनले आफ्नो नयाँ एल्बममा पनि पैसाका बारेमा गीत समेटेको बताए ।’ ‘पैसा भन्ने यस्तो चिज हो’ उनले भने, ‘यो चिज सबैलाई नभई हुँदैन । त्यसैले सुरुबाटै पैसाबारे गीत गाउँदै आएको हुँ ।’

‘मोरीले भेट्छु भनि’ बोलको गीतमा शब्द÷संगीत पुस्तक प्रसाद र एरेन्ज उदयराज पौडेलको छ । पछिल्लो यो गीत अन्य गीतभन्दा फरक रहेको गायक गौतमले दावी गर्दै भने, ‘संगीतमा उचित नयाँ प्रयोग र नयाँपन दियो भने श्रोताले मन पराउँछन् भन्ने कुरामा म विस्वस्त छु ।’ गौतमले हालेसम आफ्नो स्वर तथा संगीतमा निष्ठुरी, पैसा, रुपैयाँ, चुपचाप, प्रजुशा, प्रभाव, माफ गर लगायतका ११ वटा एल्बम बजारमा ल्याइसकेका छन् । पछिल्लोपटक सार्वजनिक गीतको म्युजिक भिडियो यु–ट्युबमा हेर्न सकिन्छ । रविन्द्र बरालको निर्देशन÷छायांकनमा तयार भएको भिडियोमा आयुष रिजाल र अनु शाहको अभिनय छ । यस भिडियोका लागि भिजन नेपाल फिल्मस्ले बजार व्यवस्थापन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु