म्युजिकल टुरमा ‘गोल्डेन आईडल’ फाइनालिष्ट

म्यूजिक खबर
प्रकाशित: ५ चैत्र २०७२, शुक्रबार

पोखरा । गायन र नृत्यको रियालटी शो ‘गोल्डेन आइडल’ सिजन थ्रीका उत्कृष्ट पाँच प्रतियोगी म्युजिकल टुरमा निस्किँदैछन् । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका नृत्य र गायनका पाँच–पाँच र जर्ज सेलेक्सनमा परेका तीन गरी उत्कृष्ट १३ फाइनालिष्ट म्युजिकल टुरमा निस्किन लागेका हुन् ।

प्रतियोगीलाई परिपक्क बनाउँन विभिन्न ज्ञान दिलाउँने उद्देश्यले म्युजिकल टुर गर्न लागिएको आयोजक गोल्डेन स्टार मल्टिमिडिया प्रा.लिले जनाएको छ । ५ गते हेटौडाबाट सुरु हुने टुर ६ गते नारायनघाट, ८ गते बुटवल, ९ गते दाङको घोराही, १० गते दाङको तुलसीपुरमा पुगेर सकिने मल्टिमिडियाका प्रबन्ध निर्देशक शरन गुरुङले जानकारी दिए ।

टुरमा मनिषा परियार (चितवन), यन्सु श्रेष्ठ (दाङ), बर्षा लम्साल (दाङ), पुकारसिंह भण्डारी (दाङ), मिलन थापा (दाङ), सचिन पोखरेल (दाङ), विना सेन्चुरी (चितवन), रमेश घतानी (चितवन), देबेन्द्र कार्की (हेटौडा), सुमन परियार (हेटौडा), बिष्णु ठकुरी (हेटौडा), घनश्याम घिमिरे (बुटवल), सानिया चालिसे (बुटवल)लगायतका प्रतियोगीले नृत्य तथा गायनका विभिन्न प्रस्तुति दिनेछन् ।

golden idol
आगामी चैत्र २७ पोखराको सिटी हलमा प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा आयोजना हँुदैछ । ४३ जिल्लाका दशौ हजार प्रतियोगीबाट छानिएका १३ अन्तिम स्पर्धीले उपाधिका लागि भिड्नेछन् ।

देशभरीबाट गायन र नृत्यमा उत्कृष्ट प्रतियोगी छान्ने उद्देश्यले आयोजित प्रतियोगिताको निर्देशक रेणुका गुरुङ, कार्यक्रम संयोजन सपना श्रेष्ठ र ब्यवस्थापन सुशील पोखरेल रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु