म्यूजिक आर्टले बालबालिकाका लागि कन्सर्ट गर्दै

म्यूजिक खबर
प्रकाशित: २३ भाद्र २०७१, सोमबार

काठमाडौं, २३ भाद्र । म्यूजिक आर्ट सोसाइटीले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको अधिकार र शिक्षालगायत विभिन्न सामाजिक काममा सचेतना कार्यक्रम संचालन गर्दै आएकोमा आगामी शनिबार एक भव्य कन्सर्ट गर्ने भएको छ । कन्सर्टबाट बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रममा आफूलाई समाहित गर्ने भएको छ भने कन्सर्टबाट उठेको खर्चले अशिक्षित एवं असहाय बालबालिकालाई शिक्षा प्रदान गर्ने सोच लिएको छ । १३ सेप्टेम्बरका दिनमा काठमाडौंमा आयोजन ागर्न लागिएको कार्यक्रममा जापानका विश्वविख्यात गीतारवाधक मारिया दुओले आफ्नो प्रस्तुति दिने भएका छन् । जसमा सुग्नोबु सुगावारा र योको फुजीमोरीको विशेष प्रस्तुति रहनेछ । उनीहरुले सडक बालबालिकाको लागि फन्ड तयार गर्न यो कार्यक्रमको आयोजना गरेको चिन्ड्रेन नट सोल्जर कन्सर्टका आयोजक संस्था म्यूजिक आर्ट सोसाइटीले बताएको छ । बिग सिनेमा सिटी सेन्टरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रममा तानुष संघाईले पियानोबाट आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् साजन श्रेष्ठ र श्वेता कार्की गीतारबाट दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्ने भएका छन् ।

click  for English

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु