म्यूजिक भिडियोमा सलामी दिँदै रमेश खरेल

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७२, बिहीबार

रमेश खरेल सुरक्षा निकायमा एउटा चर्चित नाम हो । देश र जनताको सुरक्षाका लागि खटिँदै आएका रमेश खरेलको जति चर्चा छ त्योभन्दा माथि उनको पक्षमा रहेको फ्यानहरुले उनलाई उर्जा दिइरहेको हुन्छ । उनको त्यो नामलाई नै सुहाउने गरी कति गीतकारहरुले गीत लेखेका छन्, निर्माण गरेका छन् र देशको लागि उनीजस्ता व्यक्तित्व सदैव आवश्यक पर्छ भनिरहेका छन् ।

यतिखेर रमेश खरेलले गीतकार नारायण कँडेलको देशभक्ति गीतमा अभिनय गरेका छन् । ‘सलामी’ बोलको एल्बममा रहेको शीर्ष गीतले देशप्रेमको भावना जगाएको छ । त्यही गीतमा रमेश खरेलले सलामी दिएका हुन् अर्थात् अभिनय गरेका छन् । यतिखेर मुलुकको अवस्था गम्भीर मोडतिर नै भए पनि उनले समय निकाले म्यूजिक भिडियोमा अभिनय गरेका हुन् ।

ramesh kharel1
गीतकार नारायण कँडेलका अनुसार उनीजस्ता व्यक्तित्व मुलुकका लागि अनिवार्य । कँडेल भन्छन् मैले देशका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ यो गीत लेखेको हुँ, त्यो गीतको शब्द शब्दले रमेश खरेलजस्ता व्यक्तित्वको मन छोएको छ त्यसैले उहाँलाई नै म्यूजिक भिडियोमा खेलाउन अनुरोध पनि गरेको हुँ । उक्त म्यूजिक भिडियोलाई शशांक कँडेलले निर्देशन गरेका छन् भने त्यस गीतलाई अर्जुन पोखरेलले संगीतबद्ध गरेका छन् । प्रमोद खरेलले स्वर दिएको यस गीतका शब्दले देशप्रेम झल्काएको छ ।

ramesh kharel
गीतकार नारायण कँडेलको बजारमा आउन लागेको देशभक्ति एवं मायाप्रेममा आधारित रहेको गीतिसंग्रह ‘सालमी’भित्र ५ वटा गीत समावेश गरिएको छ । जसमा चाहिँदैन मलाई, बाँच्न कति गाह्रो, तिमीलाई माया गर्नु, कहिले उकालो, हामीले नगरे जस्ता गीतहरु समावेश गरिएको छ । जसमा अर्जुन पोखरेल, श्रीकृष्ण बममल्ल, राजकुमार बगर, आशिष अबिरल र रमेशराज भट्टराईको संगीत रहेको छ । ती गीतहरुमा प्रमोद खरेल, स्वरुपराज आचार्य, श्रेयसी चेमजोङ, शिव परियार र रमेशराज भट्टराइको स्वर रहेको छ । पुष्पाञ्जली म्यूजिकबाट बजारमा आउन लागेको उक्त एल्बममा रहेको श्रेयसी चेमजोङको स्वरको गीतलाई यूट्यूबमार्फत भर्खरै मात्र सार्वजनिक गरिएको छ ।

salami

ramesh kharel2

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु