म्यूजिक भिडियो निर्देशनमा जम्दै बबिता (हेरौं भिडियो)

म्यूजिक खबर
प्रकाशित: १३ माघ २०७३, बिहीबार

puri-Babita

माघ १३, काठमाण्डौ । बबिता पुरी उनको परिचय महिला म्यूजिक भिडियो निर्देशक । यसो त उनी प्रियशी म्यूजिक कम्पनीकी डाइरेक्टर पनि हुन् र गायनमा पनि उनी निकै सिपालु छिन् । तरपनि उनी निर्देशक बबिता पुरी भनेर चिनिंदा आनन्द महशुष गर्दछिन् । त्यसैले उनले आफ्ना पाइलाहरुलाई निर्देशनको क्षेत्रमा अग्रसर बनाउने गरेकी छिन् । यतिबेला बबिता नेपाली सांगीतिक क्षेत्रमा म्यूजिक भिडियो निर्देशनमा एकपछि अर्को सफलता हात पार्दै अघि बढिरहेकि छिन् । परदेशी चेलीबाट निर्देशन यात्राको शुरुवात गरेकी बबिता म्यूजिक भिडियो निर्देशनमा जमेकी छिन् । 

श्रीमान राजेन्द्र पुरीले गर्दै आएको कर्मलाई सहयोग गर्दा गर्दै यो कला क्षेत्रमा समर्पित हुँदै निर्देशक बन्न पुगेकी बबिताले २ दर्जन भन्दा बढी म्यूजिक भिडियो निर्देशन गरिसकेकि छिन् । सफल म्युजिक भिडियो निर्देशकका रुपमा स्थापित गर्न संघर्सरत बबिताले निर्देशन गरेका म्यूजिक भिडियो हेर्दा उनले निर्देशन कर्ममा निकै नै मेहनत गरिएको देखिन्छ

Babita-Puri

यसरी नेपाली सांगीतिक क्षेत्रमा एकपछि अर्को सफलता हात पार्दै अघि बढिरहेकि अनि म्युजिक भिडियो निर्देशन गर्दै निक्कै चर्चित बन्न पुगेकी पुरीको निर्देशनमा तयार भएका दुइवटा म्युजिक भिडियो सार्वजनिक भएका छन् । सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय सञ्जाल युट्युब मार्फत बबिताले निर्देशन गरिएका म्युजिक भिडियोहरु ‘हुन्न रहेछ नसीबैमा नलेखेको कुरा’ र ‘सिन्दुर पोते पराई को लायौ मायाले’ सार्वजनिक गरिएको छ ।

‘हुन्न रहेछ नसीबैमा नलेखेको कुरा’ मा चिरपरिचित गायिका विष्णु माझी तथा दिलु खत्री को स्वर रहेको छ भने शब्द सुनिल के. सी.संगीत गणेश अधिकारी र आकर्षक अभिनय आशा, दिलु, मुस्कान, आदि कलाकारले गरेका छन । मुकेश हुमागाँईको छायांकन रहेको उक्त म्युजिक भिडियोको सम्पादन रमित ओलीले गरेका छन् ।

त्यस्तै अर्को पन्चे बाजा सहितको सुमधुर म्युजिक भिडियो ‘सिन्दुर पोते पराई को लायौ मायाले’ लोकगीतमा देवी घर्ती र सुर्य खड्काले स्वर दिएका छन् । बिपेश घिमिरेको शब्द रहेको उक्त म्युजिक भिडियोमा संगीत गणेश अधिकारीको रहेको छ । आशा खड्का, बिपेश घिमिरे आदि कलाकारले अभिनय गरेको म्युजिक भिडियो को छायांकन र सम्पादन क्रमशः मुकेश हुमागाँई र रमित ओलीले गरेका छन् । दुवै म्युजिक भिडियोको उत्पादक तथा वितरक प्रियसी म्युजिक प्रा.लि. रहेको छ ।

बबिता पुरी यो सबै आफ्नो श्रीमान ले गर्दा मात्र सम्भव भएको बताउँछीन् । कति को श्रीमान ले श्रीमती को चाहाना बुझ्न नसकी घरमा नै सिमित राख्छन’ –पुरी भन्छिन ‘राम्रो काम गर्दा राम्रो तरिकाले हिड्न खोज्दा आफ्नो श्रीमानको सयोग साथको खाँचो पर्दो रहेछ त्यो मैले अथाह पाएको छु । आज श्रीमानसँग बसेर यो क्षेत्रमा काम गर्न पाउदा धेरै खुसि मिलेको र आगामी दिनहरुमा पनि यसै गरि गीत सङ्गीतमा नै लागि रहने सोच रहेको बताउने पुरी दर्शक श्रोताहरुको साथ सदा पाउनेमा बिस्वस्त रहेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु