‘म जहाँ भएपनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ’ :टेरिया

म्यूजिक खबर
प्रकाशित: २२ माघ २०७३, शनिबार

माघ, २२ काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले झलक टेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा टेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको शिर उच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा टेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन् ।

मन्त्री खाँणले भने, ‘टेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको सिर उचो बनाएको छ, भावि पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालीको लागि आर्दशको रुपमा टेरिया अघि आएकि छिन्, टेरियाको ईच्छा चाहाना र आवश्यकता पुर्ति गर्न सरकार जहिलेपनि सकारात्मक छ, टेरियाको योगदानको उच्च कदर गर्दछ, मैले टेरियाको सफलता र टेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा टेरियालाई अघि बढ्ने हौसला मिल्नेछ ।’

teriya-magar-nepali

त्यस्तै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले टेरियाले देशका लागि पुर्याएको योगदानलाई सञ्चार माध्ययमले देश तथा बिदेशमा प्रचार प्रसार गर्नको लागि कुनैपनि कसर बाँकी नराख्ने र आगामी दिनमा पनि यस्तै प्रगतिका लागि निरन्तर साथ दिने बिश्वास व्यक्त गरे । उनले भने, ‘रङ्गमञ्चको दुनियाँबाट मनिषा कोईरालाले जसरी नेपाल नेपालीलाई चिनाएकी छिन् त्यो भन्दा बिशाल नाम राख्न टेरिया सफल बन्नेमा बिश्वस्त छु, यो सुरुवात हो, टेरियाले धेरै गर्नसक्ने देख्छु, यो प्रगतिमा हामी नेपालीको साथ छ ।’

टेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता टेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन् । उनले भनिन्, ‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होइन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमूल्य सहयोगले म सफल भएकी हुँ ।’  उनले फरक प्रसङ्गमा आफूलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालकोलागि काम गर्ने बताईन् । उनले अघि थपिन्, ‘म नेपालमा बसेर केही काम गरे भनेँ टेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरेँ भने पनि नेपालकी टेरियाले यस्तो गरिन् भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु ।’

Teriya-Magar

बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी टेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे ।  कार्यक्रममा सांसद आदित्यनारायण कंसुधर, फाउण्डेशनका अध्यक्ष कृष्ण फौजा मगर लगायतले टेरियाको प्रगती र भावि भविष्यको बारेमा आफ्ना कुरा राखेको थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु