म वास्तवमै पुतली छुः कोपिला (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २७ पुष २०७२, सोमबार

लोकदोहोरी होस् या आधुनिक, पप गीतहरु होस् कि आफैंले गाउँछिन् कि मोडलिङ गर्छिन् कोपिला गुरुङ । आधा दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी गायिका कोपिलाले सयको हाराहारीमा मोडलिङ पनि गरिसकेकी छिन् । पछिल्लो समय बजारमा आएको उनकै लगानीको ‘पुतली’ नामक गीतको सार्वजनिक कार्यक्रममा उनले आफू वास्तवमै पुतली भएको कुरा सार्वजनिक गरेकी थिइन् । कार्यक्रमका अवसरमा उक्त गीतमा मोडलिङसमेत गरेकी मोडल कोपिला गुरुङले भनिन् – ‘आफूलाई घरमा पनि पुतली भनेर बोलाउने गरेको हुँदा यो गीतले मलाई नै भन्न खोजेको जस्तो लाग्यो र मैले लगानी गरेको हुँ ।’ आधा दर्जनभन्दा बढी लोकदोहोरीमा स्वर दिइसकेकी मोडल कोपिलाले सयको हाराहारीमा मोडलिङ पनि गरिसकेकी छन् ।

putali

हेर्दा पनि पुतलीजस्तै देखिने कोपिलालाई यो गीतमा पनि राम्रो सुहाएको भिडियो हेरेपछि धेरैको प्रतिक्रिया मिलेको थियो । त्यस्तै लोकदोहोरीमा आफ्नो पहिचान बनाइसकेका गायक प्रेम अर्याल पछिल्लो समयमा चलचित्र, पप एवं आधुनिक शैलीका गीतहरुमा सक्रिय छन् । भर्खरै बजारमा सार्वजनिक भएको आधुनिक पप शैलीको डान्सिङ गीतका बारेमा उनले पत्रकारहरुको भेटघाटमा भने – ‘मोडल कोपिलालाई नै हेरेर मैले यो गीत लेखेको हुँ, जसरी एल्बमको नाम पुतली राखिएको छ त्यसरी नै कोपिला पुतली भूमिका राम्रो भएको छ ।’ गायक प्रेम अर्यालकै शब्द, संगीत र स्वरमा रहेको यस गीतमा गायिका इन्दिरा जोशीको स्वर समावेश गरिएको छ । फिल्मी शैलीको आधुनिक पप गीतको म्यूजिक भिडियोसहित कलाकारहरुकै हातबाट सार्वजनिक गरिएको थियो ।

kopila gurung

राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गरी भिडियोमा समावेश रहेका स्रष्टाहरुको हातबाट ‘पुतली’ नामक गीतको सार्वजनिक गरिएको हो । गायक एवं संगीतकार प्रेम अर्याल, मोडल कोपिला गुरुङ, किस्मत तामाङ एवं बजार प्रबद्र्धनको जिम्मा लिएको कम्पनी गोर्खा चौतरी म्यूजिकका संचालक सुनिल लामिछानेको हातबाट संयुक्त रुपमा सार्वजनिक गरिएको थियो । विजय थापाद्वारा निर्देशित उक्त म्यूजिक भिडियोमा विजय स्वयम्ले पनि अभिनय गरेका छन् भने किस्मत र कोपिलाको अभिनय पनि प्रशंसनीय बनेको देखिन्छ । तिम्रो बारुले कम्मर देखिन्छ एक नम्बर बोलको गीतमा संगीत संयोजन भने राकेश सोनीले गरेका छन् । भिडियोका छायाँकन सुदिप बरालको रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु