म हराएँ भने अमेरिकामा कन्सर्ट गर्दैछ भन्ने सोच्नु : गायक विजय लामा

म्यूजिक खबर
प्रकाशित: ६ माघ २०७२, बुधबार

गायक विजय लामाले आफ्नो सातौं एल्बम मेरो गीत सार्वजनिक गर्दा भने – ‘मिडियाले मलाई कहाँ हराउनुभएको थियो भनेर सोध्नुभयो, मैले भने गायकको काम गीत गाउने हो जहिले आए पनि गीत नै बोकेर आउँछ म हराएको छैन ।’ विमोचन कार्यक्रममा मन्तव्य दिँदै विजयले ठट्यौली पारामा भने – ‘यदि म हराएँ भने अमेरिकामा कन्सर्ट गर्दैछ भनेर बुझ्नु । किनकी अमेरिकामा बस्दै आउनुभएका सोनाम लामा आज प्रमुख अतिथि हुनुहुन्छ ।’

निरन्तर पप गायनमा सक्रिय रहेका विजय लामाले स्रोताका लागि धेरै चर्चित गीत दिए । करिब पाँच वर्षको अन्तरालमा हराएका लामाले आफ्नो सातौं सांगीतिक कोसेली ‘मेरो गीत’ सार्वजनिक गरेका छन् । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सदाबहार अभिनेत्री करिश्मा मानन्धर र अमेरिकामा बसोबास गर्दै आएका एनआरएन आइसीसी सदस्य सोनाम लामाको हातबाट विजयले मेरो गीतलाई सार्वजनिक गरेका हुन् ।

Bijaya-lama-19-1-16 (2)
कार्यक्रममा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले गायक लामालाई शुभकामना दिँदै विजयका बारेमा प्रशंसा गरेकी थिइन् । उनले विजयलाई गीत सिकाउँछु भन्ने उनले आफ्नो प्रदर्शनको पर्खाइमा रहेको चलचित्र फागुको गीत गाउन लगाएकी थिइन् । त्यस्तै सोनाम लामाले विजयको एल्बमको सफलताको शुभकामना दिएका थिए । ककटेल पार्टीसहित आयोजना गरिएको उक्त कार्यक्रममा संगीत, चलचित्र एवं अभिनयका क्षेत्रमा नाम कमाएका हस्तीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

IMG_0005
उक्त कार्यक्रममा मेरो गीत भित्र रहेको रिन काटी रुमाल, रोशी खोला पारी, नेपाली हुँ म गीतको म्यूजिक भिडियो पनि देखाइएको थियो । रिन काटी रुमाल, रोशी खोला पारी, नेपाली हुँ म, मुटुभरि माया छ, कति राम्रो गाउँघर, जुनेली रातमा, आजको ल्होसार मेलामा, मै पनि आए विदेशमा, मैच्याङ त कति राम्री, आज माया यहाँ, ए कान्छी, भोली फर्की आउँछु आउँदिनँ जस्ता गीत समावेश गरिएको छ ।

mero geet bijaya lama
गीतहरु मिन सागर लामा, विश्व दोङ, बबीराज घतानी, शेर्पिनी कान्छी, सुसन लामा, लोटे प्रदीप राई, दिपेश किशोर भट्टराई, निमा रुम्बा, सुदेश न्यौपाने एवं विजय आफैंले लेखेका छन् । उक्त गीतहरुमा विक्रम जी लामा, विश्व दोङ, बबीराज घतानी, सुसन लामा, सुनिल सिंह, दिपेश किशोर भट्टराई, निमा रुम्बा, विक्रम थापा एवं विजय आफैंले संगीत भरेका छन् । मेरो गीत एल्बमलाई एसियन म्यूजिकले बजार प्रबद्र्धन गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु