यम बुद्धको अन्तिम यात्रा र अन्त्येष्टि

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७३, शनिबार

माघ १५,  काठमाडौँ । नेपाल जस्तो सानो मुलुकमा गीतसंगीतको बजार त्यति राम्रो छैन । त्यसमाथि ¥याप संगीतलाई रुचाउने कमै स्रोता पाईन्छ । तर, जतिले यमबुद्धको संगीतलाई रुचाउँथे उनी अब हामीसँग छैनन् । छ त केबल सम्झना मात्र ।  काठमाडौँको घट्टेकुलो निवासी २९ वर्षीय अनिल अधिकारी नेपाली हिपहप संगीतको दुनियाँ यानी नेपहपका चम्किला तारा थिए ।

yama-buddha-last-ritual

गीतमा निकै मार्मिक शब्द प्रयोग गर्ने अनिल यमबुद्धको रुपमा युवापुस्तामा निकै चर्चित थिए । तर, गत माघ १ गते उनले लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरे । शनिबार उनको शव काठमाडौँ ल्याइयो । केही समय प्रज्ञाप्रतिष्ठानमा उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका राखिएको थियो । त्यसपछि पशुपति आर्यघाट लगेर अन्तिम संस्कार गरियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु