यम बराल र अन्जु पन्तको स्वरमा दयाहाङ र सुरक्षा अभिनित ‘भैरे’को गीत सार्वजनिक! हेर्नुहोस भिडियो !

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

१४ चैत, काठमाडौं ।सिनेमा ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले मंगलवार राजधानीमा एक कार्यक्रमका बीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम मायालुको’ बोलको गीत सार्वजनिक गर्‍यो ।

एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । पुरुषोत्तम प्रधानले ‘भैरे’ को सम्पूर्ण सिन खिचेका हुन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल र कुमार बस्नेत सिनेमाका सह(निर्मातामा छन् । नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित तथा लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ को सम्पादनको जिम्मेवारी बनिष शाहले सम्हालेका छन् ।

सूर्य थोक्करको द्वन्द्व रहेको यस फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिनेमा जेठ १८ गते प्रदर्शन मिति तय गरिएको छ ।

हेर्नुहोस भिडियो :

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु