यसरी झल्कियो निशान भट्टराई र शितल पाण्डेको देशप्रेम ! हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २८ चैत्र २०७४, बुधबार

चैत्र २८, काठमाडौं । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र गायिका शीतल पाण्डेको स्वरमा राष्ट्रिय गीत रिलिज भएको छ । लुम्बिनी इन्टरनेशनल इन्क अमेरिकाले ‘पूर्ब तिम्रो रस्तीबस्ती’ बोलको राष्ट्रिय गीत सार्वजनिक गरेको हो ।

दिनेश अधिकारीको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा निशान र शीतलले स्वर दिएका हुन् । महाराज थापाले एरेन्ज गरेको गीतमा मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् ।

गीतका रेकर्डिस्टहरु साजन शाह र राजेश श्रेष्ठले गरेका हुन् भने गीतको रेकर्ड काठमाडौंको पुतलीसडकमा रहेको ए वान म्युजिसिएनमा भएको हो ।

वाद्यवाधनमा ढोलक, तबला र मादलमा कुमार महाराज, बासुरीमा गोपालदेव घतानी, रिदम गितारमा संजिव बराईली, बेस गितारमा अनुप दास, सारंगीमा धर्म गन्धर्वले साथ दिएका छन् ।

हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु