यस्तो बन्यो ‘आमैले भन्थे धाराको पानी’को रिमिक्स भर्सन (भिडियो)

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७४, बुधबार

पुष १९, काठमाडौं । फिल्म झमक बहादूरको गीत रिलिज भएको छ । अहिले पुरानो गीतहरु फेरि रिमिक्स् र रिमेक गरेर फिल्महरुमा आईरहेको छ । यही ट्रेण्डमा फिल्म ‘साइनो’ को गीत ‘आमैले भन्थे धाराको पानी’ पनि रिमिक्स भएर आएको छ ।

जेठ ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्मको गीतमा कुसुम गजमेरको शब्द र रन्जित गजमेरको संगीत रहेको छ भने गीतलाई ओम सुनार, कविता श्रेष्ठ र मिस्टर आरजेले रिमिक्स गरेका हुन् ।

गीतको भिडीयोमा सूर्य र सलिनाको कोरियोग्राफी रहेको छ । भोमन कटुवालको निर्देशन रहेको फिल्मको गीतमा राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, अनिलकुमार महर्जनको सम्पादन, कल्याण अधिकारीको कथा, रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन् । फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् ।

यूवि फिल्मस् ग्यालरी र दियालो इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्ममा अनुप विक्रम शाही, यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु