यात्रा मा जन्मिएको एउटा गीत ! ( अडियो सहित )

म्यूजिक खबर
प्रकाशित: १३ भाद्र २०७१, शुक्रबार

काठमाडौं, १३ भाद्र ।
नजर भरी प्रीत बोकी बाहुपाश फैलाएर..
हृदयको फूलबारीमा लाउने भए प्रीत लेख्छु
शब्द – शब्द प्राण भरी गाउने भए गीत लेख्छु..

नेपाली गीत संगीतका लोकप्रिय गायकका रुपमा परिचित सत्यराज आचार्य र स्वरुपराज आचार्यको यु के भ्रमणका क्रममा जन्मिएको गीत होयो । प्राय सुनिने गीतका शब्दहरु भन्दा केही पृथक लाग्ने यी शब्दहरुलाई रामपुर कृषि क्याम्पसमा अध्ययन सकी थप अध्ययनका लागि युकेको स्कट्ल्यान्ड पुगेकी सङ्गीता पण्डित कार्कीले लेखेकी हुन् । आफ्नो साङ्गीतिक प्रस्तुतीका क्रममा स्कट्ल्यान्डको एबर्डीन पुगेका सत्यस्वरुप दाजुभाइले जब सङ्गीताका यी शब्दहरु सुने, उतिखेर नै उनीहरुले यी शब्दहरुमा प्राण भर्ने निधो गरे । सङ्गीताजीका शब्दहरुले कता कता मन छोयो अनि यसै संगीत फु¥यो, यो गीतका शब्दहरु साँच्चिकै सरल र पृथक छन्’ सत्य–स्वरुपले म्युजिक खबरलाई बताए ।
उता स्कट्ल्यान्डमा रहेकी गीतकार सङ्गीता पण्डित कार्कीले भने गीतका शब्दहरुमा भनिएझै सत्य स्वरुपको संगीत र स्वरुपराज आचार्यको स्वरले आफना शब्दहरुमासाँच्चिकै प्राण भरेको बताईन् । अमोस तमाङको एरेन्जेमेन्ट रहेको यो गीतको छिट्टै नै म्युजिक भिडियो पनि बन्ने भएको छ । हामी पहिलो पटक म्युजिकखबर मार्फत यो गीतको अडियो सार्वजनिक गर्दैछौ, यात्रामा जन्मिएको यो गीतले स्रोताहरुको मन जित्न सफल होस् हाम्रो शुभकामना ।

गीत सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोला

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु