• युनानाको पहिलो साधरणसभाले सिंहको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन

    म्यूजिक खबर
    प्रकाशित: १६ आश्विन २०७३, आईतवार

    करिव १ वर्ष अगाडी विश्वमा छरिएर रहेका नेपाली कलाकारहरूलाइ एकताको सम्वन्ध गाँस्दै मौलिक संस्कृतिको संरक्षण एवं संम्वद्धन गर्ने हेतुले अमेरीकाको न्युवर्कमा विधिवत दर्ता गरी स्थापना गरिएको युनाइटेड नेप्लीज आर्टिस्ट एसोसियसन नर्थ अमेरीकाको पहिलो साधारण सभा उज्जवल अर्यालको अध्यक्षतामा अमेरिकाको युटा स्टेटको साल्टलेक सिटीको डाउनटाउनमा रहेको हिमालयन किचनमा शनिबार सम्पन्न भएको छ ।

    unana-kanhaiya

    उक्त साधारण सभाले सदस्य १९ जनाको कार्यसमिति चयन गरेको छ भने ६ सदस्य सल्लाहाकार र २ सदस्य रहेको संरक्षक समिति पनि चयन गरेको छ । अध्यक्ष कन्हैया सिंह, बरिष्ट उपाध्यक्ष नारायण त्रिपाटी, उपाध्यक्ष उज्जवल अर्याल, उपाध्यक्ष दिनेश कार्की, उपाध्यक्ष श्याम गुरुड, महासचिव राजु बजाज, सचिव वसिल अर्याल, कोषाध्यक्ष सिर्जना विरही थापा सह केषाध्यक्ष कला केसी, सदस्यहरु अन्जना गुरूड, देवीराम पराजुली, अरुडा रुम्वा मोकतान,प्रदीप सिंह परियार, प्रसिद्ध अर्याल, श्रीराम थापा, विश्व तेन्जिड, तुलसी पाठक क्यानडा, रामकुमार सिंह, महेन्द्र शाह ।

    kanhaiya

    सल्लाकारहरु प्रेमराजा महत , वन्नी प्रधान , सुमन दाहाल , भगवान भण्डारी, अन्ना स्टिर , सुर्य वास्ताकोटी । संरक्षकहरु नरेन्द्र प्यासी , कृष्टी मैनाली रहनुभएको छ । कार्यक्रममा भुट्निज नेपाली कम्युनिटी युटाका अध्यक्ष रेम नेउपाने , नेप्लिज सोसाइटी युटाका सचिव रोमिका महर्जन, मिसेस नेपाल रजनी थापा र सुर्य वस्ताकोटीले शुभकामना दिनुभएको थियो भने उपाध्यक्ष नारायण त्रिपाठी ले संस्थाको वारेमा र अध्यक्ष कन्हैया सिंहले प्रगति विवरण पेस गर्नुभएको थियो ।

    narendra-pyasi narayan-tripathi kanhaiya-singh1

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु