युनानाद्वारा जलजलालाई ७२ हजार सहयोग

म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार

१४ जेठ, काठमाडौं । बृहत नेपाली कलाकार संघ, उत्तर अमेरिका (युनाना)द्वारा मृगौला पीडित गायिका जलजला परियारको स्वास्थ उपचारको लागि जम्मा गरिएको जम्मा रकम ७२,७३७९ अक्षरेपी बहत्तर हजार सात सय सैतीस रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको छ ।
युनाना केन्द्रीय समितिको बैठकद्वारा गायिका जलजला परियारलाई सहयोग गर्ने निर्णय गरि रकम संकलन गरिएको केन्द्रीय अध्यक्ष कन्हैया सिंहले जानकारी गराएका छन् ।


युनाना नेपाल संयोजक सन्तोष श्रेष्ठको संयोजकत्वमा सञ्चार संयोजक सुमन बैरागी, साउदी संयोजक गणेश चौलागाईं, टीका गोपाल एम डिजिटलकी व्यवस्थापक गीता सिंह, अनुप सिंह, गीतकार डी.आर.को उपस्तिथिमा पूर्ण स्वास्थ्य लाभको कामना सहित रकम हस्तान्तरण गरिएको छ । गायिका जलजलाको साथमा उनका आमाबाबु जुना परियार र नारायण परियारको पनि उपस्थिति रहेकोे थियोे । सहयोग रकम संकलन गर्नुहुने व्यक्ति र रकम विवरण यस प्रकार रहेकोे छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु