युरोपमा कलाकार भेला हुँदै

म्यूजिक खबर
प्रकाशित: १७ माघ २०७२, आईतवार

आगामी १४ फेब्रुवरी २०१६ युरोपमा बसोबाश गरि प्रसिध्धि कमाई सकेका स्थापित कलाकारहरुको साथमा बेल्जियमको एन्ट वेर्पेन सहरमा अन्तराष्ट्रिय कलाकार मंच युरोप महासाखाले पहिलो युरोप कलाकार भेला आयोजना गर्ने भएको छ। नेपालि कला र नेपालि संस्कृतिलाई बिस्व सामु चिनाउने र युरोपमा रहेका नेपालि कलाकारहरुलाई एक सुत्रमा बाध्न्ने प्रयासरत आयोजना गर्न लागिएको यो कार्यक्रममा नेपालका बरिस्ट नेपालि लोक गएकका साथमा युरोपका देशहरु जर्मनी, बेल्जियम, हल्याण्ड, पोर्तुगल, स्पेन, ईटाली र डेनमार्कमा लामो समय देखि कार्यक्रम गर्दै युरोपमा आफ्नो छबि बनाउन सफल कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

urop bhela

युरोप का ख्याती प्राप्त कलाकार हरुको नामावलीर कार्यक्रमको सबै बिस्तृत जानकारी १, २ दिनमै अन्तरास्ट्रिय कलाकार मंच तपाईहरु माझ प्रस्तुत गर्नेछ । बिस्वभर आफ्ना साखा महासाखाखाहरू बिस्तार गर्न सफल अन्तरास्ट्रिय कलाकार मंच परिबार नेपालि कलाकारहरुको साझा मंचको रुपमा बिकाश गर्दै युरोपमा बिगत केहि बर्ष देखि सबै भन्दा धेरै नेपालि कार्यक्रम गर्न सफल नेपालि संगठनको रुपमा चिर परिचित छ। नेपालमा कलाकारिता क्षेत्रको उज्यालो आकाशमा आफ्नो नाउँ उच्च राख्न सफल सम्मानित कलाकारहरुलाई युरोपमा स-सम्मान निमन्त्रणा गरि युरोपका विभिन्न देशमा कार्यक्रहरु गर्दै आएको अन्तरास्ट्रिय कलाकार मंचले युरोपका कलाकारहरु लाई बिस्व सामु चिनाउनको निमित्त आयोजना गर्न लागिएको आई ए एफ युरो सांगीतिक भेला २०१६ मा सप्पूर्ण कलाकारहरु र कला प्रेमी सबैलाई अन्तरास्ट्रिय कलाकार मंच हार्दीक निमन्त्रणा गर्दछ। अन्तरास्ट्रिय कलाकार मंच युरोप नबगठित कार्य समिति अध्यक्ष दयाराम पौड्यालका अनुसार यो कार्यक्रम यूरोपमा हरेक बर्ष आयोजना गरिने छ र नेपालि कला सस्कृतिको उथान का लागि लागिपरेको हाम्रो सस्था ले बिभिन्न कार्यक्रम हरु लिएर आउने छौ । कार्य समितिले आयोजना गर्न लागेको यो कार्यक्रम भब्य र सफल बनाउन युरोपक सबै देशका अध्यक्षहरुको संयोजकत्वमा एक कार्य दल गठन गरेको छ। उक्त कार्यदलमा कार्यदल प्रमुख बेल्जियम वाट बिनोद शाही, जर्मनी वाट बेल गुरुङ, स्पेन वाट अजय लोप्चन र पेम्बा छोटी सेर्पा, पोर्तुगल वाट पद्म लामा, र डेनमार्क वाट कबिता खड्का लाई कार्य भार सुम्पेको छ । उक्त कार्यक्रममा ब्यबसायी, बुध्हिजीबीहरु, सामाजिक तथा राजनीतिक संगठनका पधाधिकारीहरु, पत्रकारहरु, कलाकारहरु, समाजसेवीहरु सबैलाई उपस्थित भई कार्यक्रमलाइ सफल पारिदिनु हुनको लागि अन्तरास्ट्रिय कलाकार मंच युरोप महाशाखा बिनम्र अनुरोध गर्दछ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु