युवराज र अनुष्काले किन भने ‘मनको दाग आँशुले धुन्छु’

म्यूजिक खबर
प्रकाशित: १६ फाल्गुन २०७३, सोमबार

फागुन १६, काठमाण्डौ । नोभेम्बर रेनको तिमीलाई ‘म के भनूँ’ र क्लासिकको ‘हारेँ हारेँ’ जस्ता चर्चित गीतका गायक युवराज चौलागाईंको नयाँ गीत ‘मनको दाग आँसुले धुन्छु म’ सार्वजनिक भएको छ । यो गीतमा उनलाई गायिका अनुष्का पाठकले साथ दिएकी छन् ।

yubraj chamlagain-anushkaa

 

गीतको शब्द अनुष्काले नै लेखेकी हुन् भने सङ्गीत युवराजकै छ । भुषण दाहालको निर्देशनमा बनेको भिडियोमा युवराज र अनुष्का नै मोडल बनेका छन्। गीतको भिडियो युट्युब र कान्तिपुर टेलिभिजनमा एकै पटक सार्वजनिक गरिएको हो ।

एरेन्जर महाराज थापाको सङ्गीत रहेको गीतलाई विन्धवासिनी म्युजिकले सार्वजनिक गरेको हो। वियोगात्मक सङ्गीत मन पराउनेका लागि युवराज र अनुष्काको युगल गीत मिठो खुराक बनेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु