यूएस खबर अनलाईन रेडियो र टीभीको औपचारिक सुरुवात

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७२, मंगलवार

काठमाण्डौ । सरगम सञ्चार नेपाल प्रा लि द्धारा सञ्चालित युएस खबर अनलाईन रेडियो तथा टेलि भिजनको औपचारिक उद्घाटन गरिएको छ । अमेरिकाको टेक्सासमा एक कार्यक्रमको आयोजना गरी उक्त रेडियो तथा टेलिभिजनको उद्घाटन गरिएको हो । नेप्लिज सोसाईटि टेक्सासका अध्यक्ष भुवन आचार्यको प्रमुख आतिथ्यता, गायक सत्यराज अचार्य ,स्वरुपराज आचार्यको विशेष आतिथ्यता एवं गायिका निशा सुनारको आतिथ्यतामा उक्त अनलाईन रेडियो तथा टेलिभिजनको संयुक्तरुपमा उदघाटन गरिएको थियो ।

us khabar

अमेरिकामै रहेकि नायिका निशा आधिकारी र अर्कि नायिका यूना उप्रेतिको समेत उपस्थिति रहेको कार्यक्रममा झण्डै ३ सय को सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुवन आचार्यले अनलाइनले तय गरेको नारा सबैका समाचार सबैका विचारलाई सार्थक बनाउन अनलाइनसंग आबद्ध सबैले कडा मेहनत गरेको भन्दै प्रशंसा गरेका थिए । अनलाइनले गर्ने सबै रचनात्मक कार्यक्रममा आफू र आफनो संस्थाको सधै समर्थन रहने पनि उनले बताए ।

कार्यक्रममा बिशेष अतिथिका रुपमा निम्त्याईएका गायक द्धय सत्यस्वरुपराज आचार्यले युएस खबरका गतिबिधीलाई आफूहरुले सामाजिक सञ्जाल मार्फत नियाली रहेको र बिशेष अतिथिका रुपमा उदघाटन समारोहमा निम्त्याएर खुसी साटने अबसर दिएकोमा आयोजकलाई धन्यवाद दिएका थिए । उनीहरुले आगामी दिनमा अझै जिम्मेवार भएर अगाडी बढन सुझाव दिएका थिए । अतिथि गायिका निशा सुनारले युएस खबरको सफलताको कामना गरेकी थिइन् । अनलाइनका प्रकाशक एबं प्रबन्ध निर्देशक किशन रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि , बिशेष अतिथि र अतिथिलाई सम्मान गरिएको थियो ।

us khabar radio
त्यसैगरी सोहि कार्यक्रममा भक्तराज आचार्य फाउण्डेसनलाई सरगम सञ्चार नेपाल प्राली युएस खबर परिवारको तर्फबाट १ लाख रुपैया नगद हस्तान्तरण गरिएको थियो । उदघाटन सत्र पछिको सांगीतिक कार्यक्रममा गायिका निशा सुनारले फूलकुमारी निशा निशा लगायतका आफना चर्चित गीत मार्फत उपस्थित दर्शकको मन जितेकी थिइन् ।
त्यसैगरी गायक द्धयले आफना पिता भक्तराज आचार्यको मुटु जली रहेछ लगायतका कालजयी सृजना गाउदा दर्शक मन्त्रमुग्ध भएका थिए । त्यस लगत्तै उनीहरुले आफना चर्चित गीत गाएका थिए । स्वरुपका मर्ने कसैलाई रहर हुदैन, भो अब हल्ला नगर , धेरै माया लगायतका गीतहरुमा दर्शकको वान्समोरले अझै रौनकता थपेको थियो । सत्यराज आचार्यले आफना चर्चित गीत तिम्रो नशालु आँखाले मलाई मारयो , सोल्टीनी संगै साझ पर्यो अलिअलि बतास चल्योमा नायिका यूना उप्रेती संग स्टेज डान्स गर्दा दर्शकहरु उत्साहित हुदै नाचेका थिए ।

us khabar tv radio

कार्यक्रममा उपस्थित भुटानी समुदायका नेपाली रोहित सुवेदी लगायतले प्रस्तुति पनि राखिएको थियो । त्यसैगरी युएस खबरका बासु अधिकारी र सुरेन्द्र रेग्मीले पनि आफनो प्रस्तुति राखेका थिए । कार्यक्रम सम्पन्न गर्न भास्टिका र एनएसटि लगाएत बिभिन्न ब्यक्तिले सहयोग गरेका थिए । यूएस खबर अनलाईन रेडियोका निर्देशक लेखनाथ गौतमले सहजीकरण गरेको कार्यक्रममा प्रधान सम्पादक लोकराज अधिकारीले पठाएको स्वागत मन्त्ब्यको अडियो सुनाइएको थियो ।


सत्य तथ्य निष्पक्ष पत्रकारीता संगै नेपाली गीत संगीतको प्रबद्र्धन र स्रष्टा सर्जकको सम्मानका लागि यस प्रकारका कार्यक्रमहरुलाई अमेरिका र नेपाल दुबै ठाउँमा निरन्तरता दिइने यूएस खबर अनलाइन टिमले प्रतिबद्धता जनाएको छ । सिमित साधन र श्रोतबाट सञ्चालन गरिएको युएस खबरलाई श्रोत साधन सम्पन्न बनाइने र छिटटै नियमित कार्यक्रम लिएर आउने समूहले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु