यूरोपमा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन हुदै

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७२, बिहीबार

नेपालमा लोकदोहोरी कलाकारहरुलाई एकताबद्दा गर्दै आएको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको शाखा यूरोपमा पनि गठन हुने भएको छ । विभिन्न कारणले यूरोपका देशहरुमा बस्दै आएका लोकदोहोरीसंग सम्बन्धित सम्पूर्ण कलाकारलाई समेट्ने गरी शाखा गठन गर्न लागिएको बरीष्ट गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक राजेन्द्र लम्साल क्षेत्रीले बताए ।

नेपाली संस्कृतिलाई जोगाउने अनि बिदेशमा प्रचार गर्ने मुख्य उध्यश्यका साथ यहि फेब्रअरी ६ तारिखको दिन पोर्तुगलको लिस्बन सहरमा युरोपभरि छरिएर रहेका सम्पूर्ण लोकदोहोरीप्रेमी कलाकारहरु जम्मा भएर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गर्न लागिएको उक्त संस्था गठनको लागि पहल गरेकी गायिका सुमी घिमिरे सापकोटाले बताइन् ।  परदेशमा संस्थागत हुन अनि सामाजिक काम गर्न त्यति सजिलो छ त भन्ने हाम्रो प्रश्नमा सुमीले जबाफ दिदै भनिन् ‘हामीले नेपाली लोकदोहोरी अनि समग्र नेपाली संगीतलाई संसारमा चिनाउनु छ साथै बिदेशमा छरिएर बसेका कलाकारहरुलाई एकजुट बनाउनु छ भोलि सबैको दुख सुखमा हामी सामेल हुन पाउ ।’

rajendra lamsal
बिगतका बर्षमा पनि शाखा गठनको लागी पहल भए पनि यसपाली नेपालबाट केन्द्रिय कमिटीले तदर्थ समिति गठनको लागी यहि फेब्रअरी ८ गतेसम्मको समय सिमा तोकेर अनुमति दिएको थियो ।

sumi-shakuntala-shiba
लोकदोहोरी गायिका शकुन्तला थापा, सुमी घिमिरे सापकोटा, बिनिता लामिछाने, गीतकार शिब सुबेदी गायकगायिकाहरु बलराम पुन, पूर्ण अर्याल, दिपक बुढाथोकी, सुवासचन्द्र पुनमगर, इमानसिं बढा मगर, सन्तोष पौड्याल, तेज गाहा मगर, दिपक बुढाथोकी, हरिकृष्ण बि।क।, शम्भु सिलवाल, आशिष् परियार, चित्र मगर, प्रेम गुरुङ, अङ्किता घर्ती, लिल गुरुङ, दुर्गा थापा, जे बि वली, अनिता राना र लालमोती गुरुङ लगायतका धेरै नयापुराना कलाकारहरु पछिल्लो समयमा यूरोपका विभिन्न देशहरुमा बस्दै आएका छन् । यस अगाडी गएको बर्ष युकेमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु