योजनाको ‘मनै त हो’

म्यूजिक खबर
प्रकाशित: २६ कार्तिक २०७०, मंगलवार

एल्बम ‘न्यु वे’बाट सांगीतिक यात्रा प्रारम्भ गरेकी पूर्वेली गायिका योजना पुरी ‘मनै त हो’ भन्दै फेरि श्रोतासमक्ष आएकी छन् । रेडियोकर्मीसमेत रहेकी योजनाले नयाँ एल्बमका रुपमा ‘मनै त हो’ ल्याएकी छन् । पाँच वर्षको अन्तरालमा दोस्रो एल्बम लिएर आएकी गायिका योजनाले भनिन्, ‘यो एल्बम पाँच वर्षको मेरो मिहिनत हो ।’ ‘मनै त हो’ संख्याको हिसाबले दोस्रो भए पनि सोलो एल्बम भने पहिलो हो । उनले पहिलो एल्बम ‘न्यु वे’ गायिका तारा लिम्बूसँग संयुक्त रुपमा ल्याएकी थिइन् । उक्त एल्बमको ‘घरै हाम्रो पूर्वाञ्चल’ गीतबाट सांगीतिक क्षेत्रमा आफूलाई चिनाएकी योजनाले भनिन्, ‘यसपटक भने हामी दुवैले सोलो एल्बम निकाल्ने निर्णय ग¥यौं । जसमा मेरो आइसकेको छ भने ताराको पनि चाँडै आउँदै छ ।’

1184895_1419455251602663_794238879_nतीन वर्षयता रेडियो जंकीका रुपमा काम गर्दै आएकी योजनाले ‘मनै त हो’ एल्ब्मलाई हिट बनाउने योजना बनाएकी छन् । उनले भनिन्, ‘एल्बम ल्याएको धेरै भएको छैन, तर रेस्पोन्स राम्रै पाइरहेकी छु ।’ योजनाले ‘मनै त हो’ एल्बमबाट आफूलाई गायनमा स्थापित गर्ने अपेक्षा गरेकी छन् । आफ्नो एल्बम र रेडियोमा कार्यक्रम सञ्चालन गर्नुको अलावा विभिन्न कलेक्सन एल्बमहरुमा समेत स्वर दिँदै आएकी योजनाले भनिन्, ‘सकेसम्म गायनलाई व्यवसायी बनाउने सोचमा छु ।’ बृष म्यूजिकले बजारमा ल्याएको ‘मनै त हो’मा दीपक दशनामी, केदार धिताल, सन्तोष खनाल र शिवराज गौतमका शब्द तथा हरि लम्साल, अर्जुन पोखरेल, राम सिटौला, जन्म राई, सन्तोष दुमी र दीपक दशनामीले संगीत दिएका छन् । एल्बममा ‘मनै त हो’, ‘झण्डै बिर्सेछु’, ‘घारघार घुरघुर’, ‘मुस्कुराई बस तिमी, ‘तिमी भए’ र ‘मखमली चोली’ जस्ता ६ वटा गीत समावेश छन्, जसमा केही गीत श्रोतामाझ लोकप्रिय भइसकेको योजनाले सुनाइन् । एल्बमको ‘मनै त हो’ बोलको म्युजिक भिडियो करिब ६ महिनाअघि नै सार्वजनिक गरेकी योजना अहिले ‘झण्डै बिर्सेछु’ पनि भिडियो बनाएकी छन् । सो भिडियो चाँडै नै सार्वजनिक गर्ने उनले बताइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु