योजना र सालुको साथी बन्ने केटा कस्तो हुनुपर्छ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ जेष्ठ २०७४, आईतवार

yojana-puri-salu-gautam

जेठ २१, काठमाण्डौ । सञ्चारकर्मी एवं चर्चित गायिका योजना पुरी र हटमोडल एवं गायिका सालु गौतमको झट्ट हेर्दा अनुहार मिल्दोजुल्दो छ । मिल्दोजुल्दो अनुहारका यी सेलिब्रेटीहरुले यतिबेला आफ्नो हुनेवाला केटा साथीको मापदण्ड सार्वजनिक गरेका छन् । सुन्दरी यी गायिका तथा मोडललाई आफ्नो जिवनसाथी बनाउने सपना देखेकाहरुलाई यो खबरले निराशा पनि बनाउन सक्नेछ किनभने गायिका योजना र मोडल सालुलाई भुँडीवाला, स्मोकिङवाला र दारुवाला केटा मन पर्दैन । उनीहरुको नाम सुन्नासाथ उनीहरु भन्छन् – नो, नो, नो ।

उनीहरुको सपनाको राजकुमार बन्ने वास्तविक मापदण्ड भने कस्तो छ थाहा भएन तर यो म्यूजिक भिडियोको प्रसंग हो । गायिका योजना पुरीले ‘भुँडीवाला केटा नो नो नो’ बोलको गीत आफ्नै युटुव च्यालन मार्फत सार्वजनिक गरेकी छिन् ।

पोखरामा छाँयाकन गरिएको भिडियोमा मोडेल शालु गौतम , कलाकार दिपक गिरी , तेज गिरी र साथहिरुले उक्त भिडियोमा अभिनय गरेका छन् । गीतको भावलाइ जस्ताको तस्तै तेज गिरीले बडो मिहिनतका साथ भिडियो निर्देशन गरेका छन् भने छाँयाकन मिलन शंखर र सम्पादन नेत्र गुरुङ्ग गरेका छन् ।

गीत सुहाउदो भिडियो बनेको र दर्शक स्रोताको माया पाउने कुरामा ढुक्क रहेको नोनो वाला टिम बताउँछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु