यो कथा हो तिम्रो मेरोको अडियो सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० असार २०७१, मंगलवार

काठमाडौं । यो कथा हो तिम्रो मेरोले आफ्नो अडियो सार्वजनिक गरेको छ । भदौ १३ लाई रिलिज डेट तोकेर प्रचार प्रसारमा तीब्र गतिमा लागिरहेको चलचित्र यो कथा हो तिम्रो मेरोका गीतसंगीत चर्चामा रहिरहेको बेलामा अडियो सार्वजनिक गरेको हो । राजधानीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी चलचित्रका निर्देशक ओम प्रतीक, निर्माता रमेश प्रजापति, कार्यकारी निर्माता राम बुढाथोकी, नायकद्वय सुमन सिंह र रवि कार्की, नायिका रिस्ता बस्नेत, कलाकार गणेश उप्रेती र रुपा रानाको साथमा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय र चलचित्र बितरक गोविन्द शाहीबाट संयुक्त रुपमा सार्वजनिक गरिएको थियो ।
चलचित्र यो कथा हो तिम्रो मेरोमा ओम प्रतीकको लेखन एवं निर्देशन रहेको छ भने यस चलचित्रको कथा रामेश कुमार राईको रहेको छ । चलचित्रको सहनिर्मातामा अनिल हेक्का रहेका छन् भने सहनिर्देशन र लेखन सहयोगीका रुपमा अनुभव नेपाल रहेका छन् । सुरेश बज्राचार्यको छायाँकन रहेको चलचित्र यो कथा हो तिम्रो मेरोमा विकास चौधरीले संगीत दिएका छन् । चलचित्रमा चार वटा गीतहरु समावेश गरिएको छ । जसमा सक्दिन म आकाशलाई छुन, बब्ली तेरो जवान, टुट्यो मुटु छुट्यो साथ, पलपल हरेक पल जस्ता गीत रहेका छन् । जुन गीतमा शिव परियार, राजेश पायल राई, प्रविशा अधिकारी, मनिषा पोखरेल, रजिना रिमाल, दिपक लिम्बूले स्वर दिएका छन् । शंकर अधिकारी घायल, गणेश सुवेदी र रवि कार्कीको शब्द रहेको यस चलचित्रमा सुमन सिंह, रवि कार्की, रिस्ता बस्नेत, रुपा राना, गणेश उप्रेतीका साथमा ओम प्रतीकको अभिनय रहेको छ ।

yo katha ho timro mero

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु