यो कथा हो तिम्रो मेरोको छायाँकन समाप्त

म्यूजिक खबर
प्रकाशित: २५ भाद्र २०७०, मंगलवार

द फ्रेम क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र यो कथा हो तिम्रो मेरोको छायाँकन कार्य समाप्त भएको छ । ४५ दिनको छायाँकन सेड्युलसहित छायाँकनमा गएको यो कथा हो तिम्रो मेरोले काठमाडौंका विभिन्न ठाउँमा छायाँकन गरेको हो । बतासे डाँडा, भृकुटीमण्डप, नुतन स्टुडियो, लोकन्थली, धुम्बराही लगायतका विभिन्न स्थानको दृश्यहरुलाई समावेश गर्दै छायाँकन गरेको हो । ओम प्रतिकको लेखन निर्देशन रहेको यो कथा हो तिम्रो मेरोमा गणेश उप्रेती, सुमन सिंह, रुपा राना, रिस्ता बस्नेत, रवि कार्की, ओम प्रतीक लगायतको प्रमुख भूमिका रहेको छ । यो कथा हो तिम्रो मेरोले सम्पूर्ण छायाँकन सकाएर पोष्ट प्रोडक्सनको कार्यमा लागेको छ । यस चलचित्रमा विकास चौधरीको संगीत रहेको छ भने शंकर अधिकारी घायल र गणेश सुवेदीको गीतरचना रहेको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको चलचित्र यो कथा हो तिम्रो मेरोको निर्माता रमेश प्रजापति हुन् भने कार्यकारी निर्मातामा राम बुढाथोकी रहेका छन् ।

 

 

yktm1

 

yktm

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु