यो जोवन साँचेर राखें तिमीलाई

म्यूजिक खबर
प्रकाशित: ३ पुष २०७४, सोमबार

३ पुष, काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘यो जोवन साँचेर राखें तिमीलाई’ को मुहुर्त गरिएको छ । चलचित्रको काठमाडौंको कमलादी मन्दिरमा मुहुर्त गरेको हो । चलचित्रको निर्देशन मिलन आले मगरले गर्ने भएका छन् । फिल्मको अहिले वर्कसप चलिरहेको निर्देशक मिलनले बताए । काठमाडौँ र बन्दिपुरका रमणीय स्थलमा छायांकन गरिने फिल्म ३० दिनमा इन्डक्ल्याप हुने उनले जनाए ।

देव लामा र रमेश शर्मा फिल्मका निर्माताहरु हुन् । फिल्ममा प्रेम लामा, सोनु गिरी, सुकृया श्रेष्ठ, नवराज अधिकारीलगायतको अभिनय रहनेछ । फिल्ममा सुरेश पाण्डे र देव महर्जनको द्वन्द हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु