यो हावामा दिनेश र सारिका (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ भाद्र २०७४, बुधबार

भाद्र २१, काठमाडौं । सांगीतिक क्षेत्रमा एउटा गीत थपिएको छ । सुमधुर स्वरकी धनी गायिका मेलिना राई र केशव भावुकको स्वर रहेको ‘छोडेपनि यो हावा बहन’ बोलको गीत सार्वजनिक भएको छ । नायिका तथा मोडल सारिका घिमिरे र दिनेशको अभिनय रहेको उक्त गीतमा राम रेप्चुङ राईको शब्द रहेको छ ।
विनोद खम्बुको संगीत रहेको छ भने यस गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका छन् ।

टेकेन्द्र शाहको सम्पादन तथा निर्देशन रहेको यस भिडियोलाई रामकुमार केसीले खिचेका हुन् ।

यस्तो छ म्यूजिक भिडियो हेर्नुहोस् :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु