रंग पत्रकार बिशालको निर्देशनमा पुष्पल र सृस्टिनाको रोमान्स (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ३१ जेष्ठ २०७४, बुधबार

जेठ ३१, काठमाडौ । अभिनेता तथा मोडल पुष्पल खड्का मोडल सृष्टिना राईको ‘बैंसालु जावानी’ देखेपछी भुत्तुकै भएका छन् ।

प्रसंग हो, नव गायक श्री राईको शब्द, संगीत र स्वरमा रहेको ‘बैंसालु जावानी तिम्रो’ बोलको गीतको । आज अर्थात जेठ ३० गते सार्वजनिक भएको भिडियोमा अभिनेता तथा मोडल पुष्पल र मोडल सृष्टिना राईको क्यामेट्रि देख्न सकिन्छ ।

रंग पत्रकार विशाल राईले पहिलो चोटी निर्देशन गरेको भिडियोलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । गोदावरीको रोमान्चक दृश्यहरु समावेश भएको म्युजिक भिडियोमा एउटा जवान केटा र केटीको लवस्टोरीलाई देखाउन खोजिएको निर्देशक बिशाल राईले बताए ।

पछिल्लो समयका चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी रहेको म्युजिक भिडियोमा चर्चित सम्पादक टेकेन्द्र शाहले सम्पादन गरेका छन् । गायिका समेत रहेकी तायाहाङ्मा राईको कोरियोग्राफी र मेकअप रहेको छ ।

Shree Rai new song Bainsalu direction by bishal rai (2)

म्युजिक भिडियोको पोष्टर डिजाइन टौवा क्रियशनले गरेको हो । म्युजिक भिडियो विशाल चौतारी मिडिया प्रा.ली.को प्रस्तुती रहेको छ ।

‘बैंसालु जावानी’ बोलको गीत एल्बम ‘सर्मपण’मा समावेश गरिएको छ । गत शुक्रबार काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी एल्बमलाई नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ र नेपाल संगीत तथा नाट्य पज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा वरिष्ठ गायक, संगीतकार एवं कवि गणेश रसिक, गायिका तायाहाङ्मा राईले एकसाथ एल्बमको विमोचन गरेका थिए ।

Shree Rai new song Bainsalu direction by bishal rai (5)
विशाल चौतारी मिडिया प्र.ली.बाट बजारमा आएको एल्बममा चार गीत र एक ट्रयाक समावेश रहेको छ । एल्बममा ‘सुस्तरी सुस्तरी’, बैसालु जावानी’, नजाउ मलाई छोडी टाढा, जोडेर दुई मुटु, र बैसालु जावानी’को ट्रयाक समावेश रहेको छ । एल्बमको सबै गीतलाई याकुब राईले एरेञ्ज गरेका छन्, भने सबै गीत साइन स्टुडियोमा रेकर्ड भएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु