रक्सी बनाउनेको खोजी गर्दै रविन र शान्ति

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७३, सोमबार

माघ २४, काठमाण्डौ । मानिसहरु विभिन्न क्षेत्रमा आफूलाई योग्य बनाउनका लागि खोजी कार्यमा तल्लिन रहेका हुन्छन् । कोही विज्ञानमा त कोही स्वास्थ्यमा, कोही गीत संगीतमा त कोही साहित्यमा जे भए पनि खोजी कार्य भने जारी छ । यहाँ रविन लामिछाने र शान्ति श्री परियार रक्सी बनाउनेको खोजीमा व्यस्त छन् । उनीहरु रक्सी कसले बनायो, जसले बनाएको हो पत्ता लगाउनेलाई पुरस्कार दिने भन्दै छन् । यी दुईले त्यति ठूलो रक्सी बनाउने कारखाना देखेनन् कि गाउँमा घरघरमा बनाउने गरेको रक्सीको भट्टी देखेनन् कुन्नी ?

raksi_rabin
मद्यपान स्वास्थ्यका लागि हानिकारक छ भनिरहेकै बेला उनीहरु पनि रक्सी बनाउनेका कुरामा छलफल गरिरहेका छन् । वसन्त फिल्म्सले बजारमा ल्याएको गीत रक्सी कसले बनायोमा गायक रविन लामिछाने र गायिका शान्ति श्री परियारको स्वर रहेको छ । शब्द र भाका शिव हमालको रहेको यस गीतको म्यूजिक भिडियोलाई भने विक्रम चौहानले निर्देशन गरेका छन् । आशा खड्का र सुरज रावलको अभिनय रहेको म्यूजिक भिडियोलाई बासु बरालले छायाँकन गरेका छन् भने मिलन वि.क.को सम्पादन रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु