रञ्जित र विन्दाले माघमै झ्याइँ पारे (भिडियो हेर्नोस्)

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७४, बुधबार

३ माघ, काठमाडौं । माघ महिना लागेपछि एकपछि अर्को विहे हुने गर्छ । सबै पार्टी प्यालेसहरु व्यस्त हुन्छन्, पञ्चेबाजा बजाउनेहरु पनि व्यस्त हुन्छन् । लगनको महिनालाई सबैलाई व्यस्त बनाइरहेको अवस्थामा गायक रञ्जित परियार र गायिका विन्दा परियारले पनि यही मौका छोपेका छन् । पञ्चेबाजा घुन्न गरेको सुनेपछि मन थाम्न नसकेर नाच्न दौडने यी दुईलाई अहिले भने लगनले छोपेको छ । यिनीहरुको मौकासँगै प्रकाश भट्ट र करिश्मा ढकालले पनि मौकाको फाइदा उठाएका छन् । उनीहरु पनि रञ्जित र विन्दाको जन्त जाने काममा सहयोग पु¥याएका छन् ।


साइभिजनको प्रस्तुतिमा बजारमा आएको गीत पञ्चेबाजा घुन्नमा गायक रञ्जित परियार र गाियका विन्दा परियारको स्वर समावेश रहेको छ । वसन्त थापाको शब्द र संगीतमा रहेको यो पञ्चेबाजाको गीतमा गाउँघरको मौलिकतालाई समावेश गरिएको छ । जसमा निर्देशक प्रकाश भट्टले निर्देशनसँगै मोडल करिश्मा ढकालसँग अभिनयसमेत गरेका छन् । राजेश घिमिरेको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु