रणवीर चुरोट छाड्न तयार तर क्याट्रिना नछाड्ने

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७२, बुधबार

काठमाडौँ, ५ फागुन । बलिउडमा सुमधुर सम्बन्ध भएका प्रेमजोडिहरुको लामो सम्बन्ध रहन नसक्नु नौलो कुरा होइन । वर्षौं सम्मको बैबाहिक सम्बन्धमा त विच्छेदको खबर सुनिने बलिउडमा पछिल्लो समय अभिनेता रणवीर कपुर र क्याट्रिना कैफको प्रेम सम्बन्धमा आएको ब्रेकअपको खबर पनि सुन्नु परेको छ । यद्यपि रणवीरले आफू चुरोट छाड्न तयार रहेको तर रणवीर क्याट्रिनालाई छोड्न तयार नभएको बताएका छन् । उनी क्याट्रिनालाई मनाउने कोसिस गरिरहेका छन् । यसअघि कैयौँपटक क्याट्रिनाले रणवीरलाई चुरोटको लतबाट छुटाउने बताउने गरेकी थिइन् । उनले मेडिकल एडभाइसका लागि रणवीरलाई एक अस्ट्रेलियन क्लिनिकमा समेत लिएर गएकी थिइन् ।
क्याट्रिनाको आग्रहलाई सम्मान गर्दै रणवीर चुरोट छोड्ने मनस्थितिमा पुगेका छन् । त्यसो त सन् २०१२ मै एक अन्तर्वार्तामा रणवीरले चुरोट छोड्ने खुलासा गरेका थिए ।
‘मैले आमासँग कसम खाएको छु कि फिल्म बर्फी हिट भयो भने चुरोट छोडिदिन्छु,’ उनले अन्तर्वार्तामा भनेका थिए । तर, बर्फी हिट भएपछि पनि उनले चुरोट पिउन भने छाडेनन् । त्यसैले क्याट्रिनासँग गरेको वाचा पनि पूरा गर्लान्–नगर्लान् भविष्यले नै बताउला ।

Ranbir-katrina

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु