रमिला र उद्धव उत्कृष्ट गायक गायिका, कुमारलाई लाइफटाइम अचिभमेन्ट

म्यूजिक खबर
प्रकाशित: ११ बैशाख २०७२, शुक्रबार

नुवाकोट । नुवाकोटको विदुरमा भएको बाग्मती लोकदोहोरी अवार्ड २०७२ मा गायिका रमिला न्यौपाने र गायक उद्धव कार्की उत्कृष्ट गायिका र गायक बन्न सफल भए । उत्कृष्ट पाँच मध्येबाट गायिका न्यौपाने झम झम दर्कियो पानी बोलको गीतबाट उत्कृष्ट बन्न सफल भएकी हुन् भने गायक कार्की फाटेको मन बोलको गीतबाट उत्कृष्ट बनेका हुन् । सोही अवार्ड कार्यक्रममा वरिष्ठ लोकगायक कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ भने विश्वका कान्छा निर्देशक सौगात विष्टलाई विशेष सम्मान प्रदान गरिएको छ ।
त्यस्तै सोही अवार्डमा निर्देशक माधव खरेलले धोका त दिँदै दिन्न बोलको गीतबाट उत्कृष्ट म्यूजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए भने उत्कृष्ट लयको अवार्ड राम थापा शिशिरले पानी कलको बोलको गीतबाट चुम्न सफल भए । उत्कृष्ट शब्द भगवती उप्रेतीको दुख्यो मुटुले अवार्ड चुम्न सफल भयो । उत्कृष्ट मोडल महिला रश्मी तामाङ भइन् भने सुवास रिजाल उत्कृष्ट मोडल पुरुषको अवार्ड चुम्न सफल भए । त्यस्तै उत्कृष्ट छायाँकार प्रदीप सिंह थापा बन्न सफल भए भने उत्कृष्ट सम्पादकको अवार्ड रोशन धितालले चुमे ।

music award 2072 (1)
अवार्डमा पब्लिक च्वाइस अवार्डबाट गायिका अमृता लुंगेली मगरलाई सम्मान गरियो भने इन्करेजमेन्ट अवार्डबाट गायिका उमा श्रेष्ठलाई सम्मान गरियो । त्यस्तै जुरी अवार्डबाट गायक नवराज घोरासैनीलाई सम्मान गरियो ।
अवार्डमा पत्रकार गीता अधिकारीलगायत तीन जनालाई सुन्दरादेवी सम्मान गरिएको थियो भने वापाका साउथ एसियाका पदाधिकारीहरुलाई पनि सम्मान गरिएको थियो । अवार्डको सुरुमा नुवाकोटकै बालबालिकाहरुबाट लोकनृत्य प्रस्तुत गरिएको थियो भने गायक कृष्ण रेउले, नवीन पौडेल, डिजराज पौडेल, गायिका सीमा शाहले विभिन्न प्रस्तुति दिएका थिए भने मनिषा राई, अन्जुलगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम चलचित्र निर्देशक समाजका अध्यक्ष एवं आवाजका दुनियाँको साथी दिनेश डिसीले संचालन गरेका थिए । कार्यक्रममा चलचित्र निर्देशक एवं गायक नारायण रायमाझी, गायक दुर्गा रायमाझी, लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, महासचिव रमेश बिजी, अभिनेत्री दीपाश्री निरौला, संगीतकार सरोज प्याकुरेल, गायक पीएन सापकोटालगायतको उपस्थिति रहेको थियो ।

music award 2072 (7) music award 2072 (6) music award 2072 (5) music award 2072 (4) music award 2072 (3) music award 2072 (2) music award 2072 (15) music award 2072 (14) music award 2072 (13) music award 2072 (12) music award 2072 (11) music award 2072 (10) music award 2072 (9)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु