रमेश कडरियाको ‘ब्रेकफेल’ सार्वजनिक ! (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २३ पुष २०७४, आईतवार

पुष २३, काठमाडौं । रमेश अन्जान कडरिया पहिलो एल्बम ‘स्‍मृति किरण’ बाट भर्खरै ‘ब्रेकफेल’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतमा लम्जुङे स्रस्टा द्वय गीतकार किरण बराल र संगीतकार रमेश कडरिया तथा संगीत सम्योजन अहिलेको चर्चित संगीतकर तथा संगीत सम्योजक आशिस अबिरलको रहेको छ । झापाका नव गायक आफ्नो गायन कलासँगै मोडलिङ पनि देखिएका छन् ।

भिडियोलाई कोरियोग्राफी एभरेष्ट गाइज र मोड्लिङमा रमेश अन्जानलाई डिम्पलले साथ दिएकी छिन्, अर्जुन सापकोटाको क्यामरा र अर्जुन पोखरेलको सम्पादन तथा सुन्दर लावोतीको निर्देशनमा ईन्डियाको मिरिक र झापाका बिभिन्न स्थानमा छायान्कन गरेकोले पनि गीत निकै मिठो बनेको प्रतिकृया गीतका स्रस्टाहरुको भनाइ छ ।

युबतीको सुन्दरताको चर्चा परि चर्चा गरिएको सुन्दर र डान्सिङ गीतमा गायक गीतले बजारमा आफ्नो स्थान बनाउनलाई केही सहयोग गर्ने बताउछन् । यस गीतलाई कडरिया इन्टरटेनमेन्टले बजार व्यवस्थावन गरेको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु