रवि र रेश्माको नाँचौं नाँचौं लाग्ने गीत ‘संसार हाम्रै हो’, हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: ४ असार २०७५, सोमबार

असार ४, काठमाडौं । गीतको म्युजिक बज्ने बित्तिकै उठेर नाचौँ नाचौँ लाग्ने संसार हाम्रै हो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गोल्डेन कृयशनको प्रस्तुतिमा बजारमा आएको म्युजिक भिडियोको गीतमा गीतकार तुलसी बस्नेत, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायक रगायिका रवि थापा मगर र रेश्मा पुन, एरेन्जर कुमार थापा र ध्वनि मिश्रण श्यामश्वेत रसाइली रहेका छन् ।

विक्रम चौहानको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा विक्रम चौहान र अनु शाहको अभिनय रहेको छ । साथै छायांकनमा ज्ञानेन्द्र शर्मा र सम्पादन मिलन बि.क. रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु