‘राइजिङ स्टार’ वैशाखमा हुने, विजेतालाई आकर्षक उपहार !

म्यूजिक खबर
प्रकाशित: १२ चैत्र २०७४, सोमबार

काठमाडौं । बालबालिकाहरुको सौन्दर्य प्रतियोगिता ‘राइजिङ स्टार’को चौथो संस्करणको अन्तिम प्रतिस्पर्धा वैशाख ३ गते हुने भएको छ । कला, साहित्य, संगीत, नृत्य, समाजसेवा जस्ता कुरा, राष्ट्रनिर्माणका जस्ता विषयमा प्रतियोगीहरुलाई प्रशिक्षण दिइने र बौद्धिक क्षमता र सुन्दरतामा उजागर गर्ने यस कार्यक्रमको मुल उदेश्य रहेको छ ।

“बालबालिका भित्रको प्रतिभा, वौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने राईजिङ स्टारको विशेषता” भन्ने मूल नाराका साथ यो कार्यक्रम यहि २०७५ साल बैशाख ३ गते काठमाडौं जमल स्थित राष्टियनाचघरको प्रेक्षालयमा भव्य कार्यक्रमको आयोजना गरि वर्षको स्टार घोषणा गरिने छ ।

यो कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखी १० सम्मका जम्मा ८२ जना प्रतिभाशाली बालबालिकाहरुको सहभागीता रहने छ । दुईचरणमा गरिएको अडिसनबाट ३५० भन्दा बढी विद्यार्थीहरुमध्ये ८१ जना बालबालिका अन्तिम चरणका लागि छानिएका हुन् ।

अन्तिम चरणका यी प्रतिश्पर्धीहरुलाई बरिष्ठ कोरीयोग्राफर एवं नृत्यनिर्देशक किरात बिन्द्रले १२ दिनको तालिम दिनेछ भने सो अवधिमा नेपालका ख्याति प्राप्त विभिन्न क्षेत्रमा व्यक्तित्वहरुबाट विशेष प्रशिक्षण गराईनेछ ।

 

बिजेताले नगद रु. ५०,०००/- सहित ट्रफि र आकर्षक उपहारहरु पाउनेछन् । फस्ट रनरअप र सेकेण्ड रनरअपले ट्रफि र उपहारहरु पाउनेछन् । भने थुप्रै सवटाईटल अवार्डहरु रहेकाछन् ।

केएमसी स्कुलका असल अधिकारीले गतसालको तेश्रो सिजनको राइजिँस्टारको बिजेता बनेका थिए भने, होलीगार्डेन स्कुलकी अनुष्का मानन्धर दोश्रो सिजनको च्ष्कष्लन क्तबच धष्ललभच हुन् भने, जेम्स स्कुलकी स्मेरा सिंले पहिलो सिजनको ताज जितिसकेकी छिन् । राईजिंस्टारको यो चौथो संस्करण हो । कार्यक्रम क्रियटिभ वोल्र्ड नेपालको आयोजनामा हुने कार्यक्रमका प्रवन्ध निर्देशक एवं व्यवस्थापक शान्तिराम राईले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु