राइजिङ स्टार सिजन– ३, बैशाखमा हुने

म्यूजिक खबर
प्रकाशित: १३ चैत्र २०७३, आईतवार

चैत १३, काठमाडौं । क्रियटिभ वल्र्ड नेपालको आयोजनामा यो वर्षको ‘लक्ष्मी स्टील्स राइजिङ स्टार २०७२’ आगामी वर्षको २ बैशाखमा हुने भएको छ । बैशाख २ गते काठमाडौं स्थित प्रज्ञा भवनको  कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न विद्यालयमा कक्षा २ देखी ९ सम्मका प्रतिभाशाली ६० जना बालबालिकाहरू पहिलो र दोस्रो गरी दुई चरणको छनौट प्रक्रियाबाट ‘लक्ष्मी स्टील्स राइजिङ स्टार २०७२’को अन्तिम प्रतिस्पर्धाको लागि छनौट भएका छन् ।rising star

बालबालिकाहरूको प्रतिभा, बौद्विक क्षमता र सुन्दरताको मूल्यांकन गरी वर्षको राइजिङ स्टार घोषणा गरिने कुरा क्रियटिभ वल्र्डका प्रमुख प्राज्ञ एवं बरिष्ठ संगीतकार शान्तिराम राईले जानकारी दिएका छन् । वर्षको विजेता राइजिङ स्टारले नगद ५० हजार रुपैयाँका साथमा ताज, ट्रफि तथा गिफ्ट ह्याम्परहरू पाउने छन् । साथै फस्र्ट रनरअप र सेकेन्ड रनरअपले पनि ट्रफि तथा गिफ्ट ह्याम्परहरू पाउने छन् ।

यस्तै प्रतियोगितामा विभिन्न सबटाइटल अवार्डहरू विभिन्न प्रतिभाशाली प्रतिस्पर्धी बालबालिकाहरूलाई प्रदान गरिने छ । यही २२ चैत्रबाट सहभागी बालबालिकाहरूलाई उनीहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र विभिन्न क्षेत्रका ख्याती प्राप्त व्यक्तित्वहरूसँगको अन्तरक्रिया लगायतको नियमित बन्द प्रशिक्षणमा सहभागिता गराइने छ ।Rising-Star

सोही अवसरमा शैक्षिक क्षेत्रमा विशिष्ठ योगदान पु¥याएका एकजना विद्यालयका संस्थापक प्रिन्सिपललाई शैक्षिक सम्मानद्वारा सम्मान गरिने छ । नगद दश हजारसहित शैक्षिक पत्रकारिता पुरस्कारद्वारा एकजना शैक्षिक पत्रकारलाई पुरस्कृत गरिने प्राज्ञ राईले जानकारी दिए । साथै कार्यक्रममा उत्कृष्ट २ जना अभिभावकलाई समेत सम्मान गरिने उनले बताए ।

गत वर्ष जेम्स स्कुलका कक्षा ६ मा अध्ययनरत स्मेरा सिंह पहिलो ‘लक्ष्मी स्टील्स राइजिङ स्टार २०७१’ भएकी थिइन् । राइजिङ स्टारको यो दोस्रो संस्करण हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु