‘राई इज किङ’ राजेश पायलको ‘समय’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०७५, बिहीबार

२० बैशाख, काठमाडौं । सार्वाधिक ब्यस्त राई इज किङ गायक राजेश पायल राईको स्वरमा ‘समय’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई अफिसियल लिरिकल भिडियो बनाइ सार्वजनिक गरिएको हो ।

‘समय’ बोलको गीतलाई चर्चित संगीतकार तथा निर्देशक राकेश किरातीले संगीत भरेका छन्, भने प्रेम चन्द्र राईको शब्द रहेको छ । यस गीतलाई चन्दु गोर्खालीले एरेञ्ज गरेका छन् । लिरिकल भिडियोलाई बुद्ध थापा मगरले बनाएका हुन् ।
‘समय’बोलको गीतलाई विशाल चौतारी मिडिया प्रा.ली.को युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतको चाडै म्युजिक भिडियोपनि निर्माण गरिने संगीतकार राकेश किरातीले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु