राई मलेसियामा भियतामी फ्यानसँग, अब साइप्रसको पालो

म्यूजिक खबर
प्रकाशित: २८ माघ २०७२, बिहीबार

नेपाली सङ्गीत बजारमा राई इज किङ्गको नामबाट प्रख्यात छन् गायक राजेश पायल राई । उनको सांगितीक प्रस्तुतिको तालिका हेर्दा राई इज किङ्ग वर्तमान समयमा सबैभन्दा व्यस्त गायकको लिस्टमा छन् । त्यस्तै जति विदेशी कन्सर्टमा व्यस्त हुन्छन् त्यति नै मात्रामा विदेशी फ्यान कमाउन पनि सफल छन् गायक राई । सम्भवतः सबैभन्दा बढी विदेशी लेडिज फ्यान कमाउन सफल पनि राई नै हुनुपर्छ । पछिल्लो समयमा मलेसियामा आयोजित एक नेपाली सांस्कृतिक कार्यक्रममा विदेशी फ्यानहरुको उपस्थितिले यो कुराको प्रमाणित गरेको छ ।

चाइनिजहरुको नयाँ वर्ष को अवसर पारेर मलेसियाको पेनाङ्गमा रक स्टार नामक संस्थाले ‘रक स्टार धमाका –२’ नामको सांस्कृतिक कार्यक्रममा प्रमुख आकर्षण रहेर आफ्नो प्रस्तुति दिंदा नेपाली फ्यान लगायत विदेशी फ्यानहरुको समेत उपस्थिती थियो । कार्यक्रमममा भियतनामी र इन्डोनेसियन फ्यानहरुको उपस्थिती थियो । कार्यक्रमका प्रमुख आकर्षण रहेका राईल सो अवसरमा विदेशी भियतनामी फ्यानसँग सेल्फी पनि खिच्न भ्याएका थिए भने नाई नभन्नु ल–४, दर्शन नमस्ते, रामप्यारी, दिक्तेल बजार, बसमा छैन यो मन, फूलैफूलको मौसम तिमीलाई, लगायतका गीतलाई आफ्नो जादुमयी स्वर दर्शक समक्ष पस्केका थिए ।rajesh payal rai
कार्यक्रममा हाँस्य कलाकार जितु नेपाल, नृत्याङ्गना पेमा लामा, चन्द्रा दाहाल र लोकदोहोरी गायिका श्रीजु अधिकारीले समेत पेनाङ्गबासीलाई भरपुर मनोरञ्जन प्रदान गरे । हाँस्य कलाकारहरु जितु नेपालले नेपालका विभिन्न समसमायिक विषयलाई उठाएर व्यंग्य प्रहार गरे । उक्त कार्यक्रमबाट उठेको रकम भुकम्प पिडीतलाई सहयोग गरिने कार्यक्रम रक स्टार ग्रुपका संयोजक पुष्प लामाले बताए । यसपछि उनि साइप्रस र हङ्गकङ्गमा आफ्नो प्रस्तुति दिने छन् ।

audiance with rajesh payal

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु