राजकुमारको जीवन सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २० श्रावण २०७२, बुधबार

काठमाडौं । इलामेली गायक राजकुमार प्रधानको एल्बम ‘जीवन’ सार्वजनिक भएको छ । बुधबार राजधानीको वाईफाई क्याफे पुतलीसडकमा वरिष्ठ चलचित्रकर्मी लय संग्रौलाको प्रमुख आतिथ्यतामा बरिष्ठ संगीतकार बुलु मुकारुङ, अन्तर्राष्ट्रिय साहित्य समाजका वरिष्ठ उपाध्यक्ष तथा नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकाली, कलाकार संघका सचिव उत्तम केसी, साधनकला केन्द्रका प्रबन्ध निर्देशक एवं सांगीतिक संघका महासचिव मिलन मोक्तानले संयुक्तरुपमा एल्बमलाई सार्वजनिक गरेका हुन् ।

IMG_5294
एल्बम सार्वजनिक लगत्तै गायक प्रधानले एल्बममा रहेको दुई नं ट्रयाकको गीत गाएर सुनाएका थिए । गायक प्रधानको स्वरको प्रशंसा गर्दै आगामी दिनमा निरन्तरता र अध्ययनको खाँचो भएको औंल्याएका थिए ।
विमोचन कार्यक्रममा गायकले एल्बममा रहेको एउटा गीत गाएका थिए भने एल्बममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

IMG_5294
‘जीवन’मा छोडी जादै छु, तिम्रो याद आउँछ, त्यो चिसो हावाले, तिम्रो सम्झनामा, मनभित्र तिमी जस्ता गीतहरु समावेश गरिएको छ । सबै गीतमा राजकुमारको स्वर रहेको छ भने आर बी लामाका एकल शब्द समावेश गरिएको छ । एल्वमभित्र समावेश एक गीतमा गायक स्वयमले संगीत भर्न भ्याएका छन् । बाँकी गीतमा विक्रमजी लामाले संगीत भरेका छन् । एल्बमलाई युथ क्रिएशनले बजारमा ल्याएको हो । कार्यक्रम पछिल्लो पुस्तका चर्चित मोडल एवं आरजे सनम कठायतले संचालन गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु