राजधानी सार्ने योजनामा किरण

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७३, शुक्रबार

फागुन २७, नुवाकोट । पत्रकारितालाई आफ्नो मुख्य पेशा बनाएर अगाडी बढेका नुवाकोटे ठिटो किरण अधिकारीले अब भने राजधानी सार्ने योजनामा पुगेका छन् । नुवाकोटमै बसेर आफ्नो हैकम जमाइरहेका अधिकारी अब राजधानी सारेर कता पु¥याउने योजनामा हुन् त्यो भने बुझ्न गाह्रो भो । तर राजधानी भने पक्कै सार्ने दाउमा छन् । यिनले देशको राजधानी सार्न त कुन्नी मायाको राजधानी भने पक्कै सार्ने योजनामा छन् ।

sarchhu bhantheu
सम्झना डिजिटलको प्रस्तुतीमा किरण अधिकारी र पुस्कर अर्यालको पहिलो रोइला गीत “सार्छु भन्छौ राजधानी’ को म्युजिक भिडियोमा यो दृश्य देख्न पाईन्छ । पुस्कर अर्याल र कृष्ण रेउले दुबैले रश्मीलाई मन पराएको र दुवै जना रश्मि भनेपछि मरिहत्ते गर्दै हुन्छ् । तर दुवै जनालाई जिल्ल पर्दै किरणले रश्मिलाई लान्छन ्रउक्त म्युजिक भिडियो युटुब मार्फत बजारमा आएको छ । उक्त गीतमा सम्झना लामिछाने मगर र कृष्ण रेउलेको स्वर किरण अधिकारीको संगीत र शब्द कमला क्षेत्रीको रहेको छ । म्युजिक भिडियोमा रश्मि तामाङ, कृष्ण रेउले ,पुस्कर अर्याल तथा किरण अधिकारीले गरेका छन् ।


त्यसैगरी निर्देशन सुयुनिक जिम्बा, छायांकन हरि न्यौपाने सम्पादन गिरिस रिजाल, कन्सेप्ट निर्देशक पंकज शर्माले गरेका हुन् भने दृश्य निर्माण नाट्यश्वर कला केन्द्रले गरेको हो । आफुहरुको पहिलो एल्बम भएको र गीतसंगीतलाई लाइ बिभाजन गर्न हुदैन भन्ने अभिप्रायले रोइला गीत बजारमा ल्याएको पुस्करको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु