राजनको पञ्चेबाजामा ‘मनको थैली’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १८ बैशाख २०७५, मंगलवार

१८ बैशाख, काठमाडौं । नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलीक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।

दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर बयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैले लेखेका छन् ।
गीतलाई निकै सरल र मिठास तरिकाबाट म्युजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्युजिक प्रालिका संचालक तथा निर्देशक सज्जन हमालको निर्देशन गरेका छने । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवस ठकुरी र विनु खड्काको अभिनय रहेको छ । गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु