राजनीतिमा पनि अब्बल कोमल, भाषणकलाको प्रशंषा (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७३, बिहीबार

पौष २१, काठमाण्डौ । कोमल ओली नेपाली रजत क्षेत्रमा अरु भन्दा पृथक फेसन र पृथक शैलीका गीत प्रस्तुत गर्दै आएकी गायिका हुन् । लामो समयको पत्रकारिता र कलाकारितामा कर्म गर्दै आएकी कोमल पछिल्लो समयमा राजनीतिमा सक्रिय रहँदै आएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेसँगै उनको राजनीतिक कृयाकलाप बढिरहेको छ । विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा गायन प्रस्तुत गर्दा र समाचार वाचन गर्दा उनको वाक कलाका प्रशंषा गर्नेहरुले यतिबेला उनको राजनीतिक भाषणलाई पनि वाह ! वाह ! भनेका छन् ।komal-oli-rpp

पार्टीले क्षेत्रीय स्तरमा आयोजना गर्दै आएको आमसभामा उनले सम्बोधन गर्दा उनको भाषणकलाको पनि तारिफ गर्नेहरु प्रशस्तै छन् । उनको भाषणमा एउटी नेतृमा हुने गुणहरु निहित भएको झल्किन्छ । उनको भाषणबाट प्रभावित भएर थुप्रै स्वतन्त्र युवाहरु उनकै खेमामा आउने सम्भावना बढेको देखिन्छ ।

पछिल्लो समयमा पार्टीले नेपालगंजमा आयोजना गरेको बृहद आमसभालाई सम्बोधन गर्दै कोमलले अब फुटेर होइन जुटेर नेपाल आमाको अनुहारमा खुशी ल्याउनुपर्छ । यो जिम्मेवारी राप्रपाको हो । त्यसमा सम्पूर्ण युवाहरुले सहयोग गर्न जरुरी छ भन्दै राष्ट्रवादी भाषण गरेकी थिइन् ।

हेर्नुहोस् भिडियोमा उनको लोभलाग्दो भाषण :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु