राजन र श्रेयसीले भने ‘धान पो नाचिन्छ’

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७२, बिहीबार

काठमाडौ । एक समयका चर्चित गायक राजन राईले लिम्बू समुदायको चर्चित हाक्पारे साम्लो पालाङमा आधारित ‘धान पो नाचिन्छ’ बोलको गीत म्युजिक भिडियोसहित श्रोता÷दर्शकमाझ ल्याएका छन् । धान नाच लिम्बू समुदायको मुख्य सांस्कृतिक पहिचान हो । यसैलाई आधार बनाएर चलचित्र निर्देशकसमेत रहेका गायक राईले सो गीत निर्माण गरेका हुन् । आफ्नै शब्दसंगीतमा तयार गरेको गीतमा उनलाई पछिल्लो समय चर्चामा आइरहेकी गायिका श्रेयसी चेम्जोङले स्वरमा साथ दिएकी छन् ।
राईकै निर्देशन रहेको म्युजिक भिडियोमा रञ्जिता लिम्बू, राजकुमार लिङ्देनलगायतका कलाकारले अभिनय गरेका छन् । ‘धान पो नाचिन्छ’ गीतको म्युजिक भिडियालाई श्रोता÷दर्शकले रुचाएका गायक राईले बताए । यु–ट्युबमा रिजिल गरेको २४ घन्टामै यस गीतको म्युजिक भिडियोलाई १५ सय भन्दा बढीले हेरेका छन् ।

भिडियो लिंक

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु