राजादेखि रङकसम्म प्रिय बनेका गायक पन्नाकाजी रहेनन्

म्यूजिक खबर
प्रकाशित: १२ माघ २०७३, बुधबार

pannakaji-shakya

तिरिरी मुरली बजयो बनैमा लौ माया नमारे, किन किन तिम्रो तस्विर (पुरानो मेलोडी), लोलाएका ति ठुला तिम्रा दुई नजरले (पुरानो मेलोडी) , रात यो नबित्ला, मैले सिंगै बसन्त, एकानी दुवानी लगाएतका थुप्रै कालजयि आवाजमा स्वर र संगीत दिएका गायक तथा संगीतकार पन्नकाकाजीको निधन भएको छ ।

pannakaji

बि सं १९८८ साल पुस १५ गते पीता चर्तुमान शाक्य र माता बालकुमारी शाक्यका कान्छा छोराको रुपमा काठमाडौंको ईमाडोलमा जन्मिएका गायक तथा संगीतकार पन्नाकाजी बि सं २००७ सालमा नै बालकृष्ण समको नेतृत्वमा रेडियो नेपाल प्रवेश गरेका हुन् ।

२००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका शाक्यले २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका थिए । २०२२ सालमा गायनमा उत्कृष्ट बन्दै उनले स्वर्ण पदक जितेका थिए। रेडियो नेपालमा जागिरे उनले २०४० सालपछि रेडियो छाडेका थिए ।

चार सय भन्दा धेरै गीत गाएका उनको डेढ दुई सय गीत मात्र उपलब्ध छ । तिरिरी मुरली बज्यो वनैमा, किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ लगायत गीत निकै लोकप्रिय छन्।

मविवि शाहको किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ बोलको गीत सबैभन्दा पहिले उनले नै गाएका हुन् ।  जुन समय नेपाली संगीतका ख्यातिप्राप्त गायक शिवशंकर पनि रेडियो नेपाल प्रवेश गरेका थिएनन् । पन्नाकाजी रेडियो नेपालका वरिष्ठ लाइब्रेरियन थिए ।

उनको विवाह २०१० सालमा ज्ञानदेवीसित भयो । उनका चार छोरा प्रीतम, प्रवेश, पवित्र र प्रवीण अनि एक छोरी प्रेमा मध्य पबित्रमान शाक्य र प्रवेशमान शाक्य नेपाली संगीत क्षेत्रमै छन् ।

‘नेपाली संगीत क्षेत्रका अमुल्य सम्पती गुमाउनुपरेको यस दुःखद घडिमा शोक सन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् तथा मृत आत्माको बैकुण्ठ बास होस्’ म्यूजिक खबर कामना गर्दछ । हार्दिक श्रद्धाञ्जली सङगीत रत्न– पन्नाकाजी ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु